Comments Add Comment

सुनसरीका वन्यजन्तु पीडितले क्षतिपूर्ति पाए

५ भदौ, सुनसरी । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०७४–७५ मा जंगली जनावरबाट पीडित परिवारलाई रु एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका पाँच परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु ५० लाख, घाइते १८ जनालाई रु १३ लाख ४३ हजार, घर गोठ र अन्न नष्ट भएका १९४ परिवारलाई रु १९ लाख ६६ हजार, बालीनाली नष्ट भएका ४६१ परिवारलाई रु ३१ लाख सात हजार क्षतिपूर्ति उपलब्ध गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment