Comments Add Comment

भन्सार छलेर भित्र्याएको सामान बरामद

५ भदौ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले अवैध समान भन्सार चलान गरेको छ ।

बारा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको रासायनिक मल, मल ओसार्न प्रयोग गरिएको मोटरसाइकल, साइकल, किरानाका समानहरु बरामद गरी भन्सार चलान गरिएको हो ।

भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको चार लाख भन्दा बढी मूल्यको समान भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराकी प्रमुख मिरा चौधरीले जानकारी दिइन् ।

बारा सिम्रौनगढ नगरपालिका वडा नं. ९ कचोर्वाबाट बरामद गरिएको अन्दाजी ३ लाख ४३ हजार ५ सय बराबरको युरिया मल ८७ बोरा, मल ओसार पसार गर्न प्रयोग गरेको मोटरसाइकल ६ वटा, १० वटा साइकल र सीमा प्रहरी चौकी छतवाले बरामद गरेको ७ हजार १ सय २० रुपैयाँ बाराबरको किराना मालसमान भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अवैध मदिरासहित ७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले अवैध घरेलु मदिरा तथा सोफीसहित ७ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा अवैध मदिरा ओसार प्रसार गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका १८ बस्ने दिलु देवी, श्रृजना श्रेष्ठ, जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ३ बस्ने रामाअधार प्रसाद यादव, ना २ ह ३३५ नम्बरको अटो चालक कलैया उपमहानगरपालिका वडा नं २४ बस्ने बस्ने भन्टु राम रहेका छन् । उनीहरुको साथबाट ५५ लिटर अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय सिमराको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ बाट अवैध घरेलु मदिरा सहित दुई जना महिलालाई पक्राउ गरेको छ ।

सिमरा चोकमा चेकजाँचको क्रममा सिमरा नै घर भएकी २१ वर्षीया शर्मिला गुरुङ र बिना गुरूङको साथबाट ६० लिटर अवैध घरेलु मदिरा बरामद गरिएको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि मदिरासहित अन्तरिक राजश्व कार्यालय सिमरामा बुझाइएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले ४५० बोतल सोफीसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले बाराको सिम्रौनगढ नगरपालिका-१ नन्दसगरा ढाटस्थित सिमानाकाबाट निरगुन मुखियालाई पक्राउ गरेको हो ।

मुखियाले सोफी भारतर्फ लगिरहेका थिए । सिमावर्ती राज्य भारतमा मदिरा निषेध गरिएको छ । उनलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment