Comments Add Comment

तरकारीका बिचौलिया हटाउन बन्यो अध्ययन समिति


५ भदौ, काठमाडौं । सरकारले तरकारीको बजार व्यवस्थापन गर्न र बिचौलियाहरुलाई हटाउन ठोस प्रयास गर्ने भएको छ । सोमबार कालिमाटी बजारमा अनुगनमा क्रममा भएको घटनालाई मध्यनजर गरी सरकारले समस्या समाधानमा लागि एक समति नै गठन गरेको छ ।

मध्यान्हमा कृषि मन्त्रालय र आपूर्ति मन्त्रालयबीच भएको बैठकले तरकारीको बजारलाई व्यवस्थित गर्ने गरी संयुक्त प्रयास बढाउने निर्णय गरेको छ । बैठकले उत्पादक र उपभोक्ताबीच बिचौलियाको विभिन्न तह र तिनको रजगज समाप्त गर्ने गरी गर्नुपर्ने व्यवस्थाहरु सिफारिस गर्न एक समति बनाइएको हो । आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाले संयोजकत्वमा समति बनाइएको हो ।

संयोजक ढकालले केही दिनभित्रै ठोस रुपमा तरकारीको बजार व्यवस्थापनका लागि के-के गर्ने भन्ने सिफारिस गरिने बताए । उनकाअनुसार कालिमाटीसहितका बजारमा तरकारी मूल्य र गुणस्तरमा कन्दि्रत भएर अध्ययन गरी सुझाव दिइने छ ।

उनले सरकारले सस्तोमा दिएका सटरहररु लाखौं लिएर अरुलाई बुझाउने परिापटीको अन्त्यसहित किसानले अधिकतम् मूल्य प्राप्त गर्ने र उपभोक्ताले पनि तुलनात्मक रुपममा स्वभाविक मूल्यमा किन्न पाउने वातावरण तयार गर्ने गरी सुझावहरु दिइने बताए ।

सरकारले थालेको अनुगमनको बिरोधमा व्यवसायीहरु अहिले आन्दोलित छन् । तरकारी अत्यावश्यकीय वस्तु भएकाले यसको बिक्री वितरण रोके कारवाही गर्ने चेतावनी सरकारले दिएको छ ।

मंगलबार कालिमाटी बजार आंशिक मात्रै खुलेको छ । अनुगमनको बिरोधमा व्यवसायीहरु उत्रिएपछि किसानको तरकारी खेतबारीमै कुहिनसक्ने अवस्था प्रति सरकार सचेत रहेको आपूर्ति मन्त्रालय बताउँछ ।

अब निश्चित मापदण्ड र बिधि बनाएरै तरकारीको बजार, मूल्य र गुणस्तरलाई नियमन गर्ने योजना तत्कालै बन्ने सहसचिव ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment