Comments Add Comment

गुल्मीमा एउटा निर्माण कम्पनीले दुईभन्दा बढी ठेक्का लिन नपाउने

५ भदौ, गुल्मी । गुल्मीका एक स्थानीय तहमा एउटा निर्माण कम्पनीले दुईवटा भन्दा बढी निर्माणको काम गर्न नपाउने भएका छन् ।

एउटा निर्माण व्यवसायीले धेरै कामको ठेक्का लिने तर सयमा पूरा गर्न नसक्ने परिपाटीलाई अत्य गर्ने भन्दै गुल्मीका निर्माण व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले यस्तो सहमति गरेका हुन् ।

मंगलवार सदरमुकाम तम्घासमा निर्माण व्यवसायी संघ गुल्मीले राखेको कार्यक्रममा जिल्ला स्थित १२ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितको टोलीले सहमति गरेका हुन् ।

निर्माण व्यवसायीले तेस्रो निर्माणको ठेक्का लिनका लागि पहिलो निर्माण कामको ८० प्रतिशत कार्य सम्पन्न भैसकेको हुनुपर्ने निर्णय भएको निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले बताए ।

निर्माण व्यवसायीले तोकिएको समयमा काम पूरा गर्न नसक्ने, काम गरेतापनि गुणस्तरहीन काम गरेको तीब्र आलोचना बेलाबेलामा उठने गरेको छ । तर, निर्माण व्यवसायी संघ गुल्मीले भने फरक खालको परिपाटीको सरुआत गरेका छन् ।

निर्माण व्यावसायीले काम गर्ने सिलसिलामा कमी कमजोरीमा सुधार ल्याउन र सुझाव लिने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिसँग फरक खालको कार्यक्रम गरिएको अध्यक्ष पोखरेलले बताए ।

निर्माण व्यवसायीले जुन कम्पनीले काम जिम्मा ल्यायो उसैले नै काम गर्नु पर्ने र उपठेक्का लगाउन नपाइने निर्णय गरेका छन् ।

निर्माण कार्य सम्झौता अवधिभित्र काम सम्पन्न गर्न नसके व्यवसायीलाई २ वर्ष ठेक्का नदिने समेत सहमति गरेका छन् ।

निर्माणका कामलाई छिटो छरितो ढंगबाट सम्पन्न गर्नको निम्ती एउटै निर्णय गरेका छन् । निर्माण व्यवसायी संघ गुल्मी र १२ वटै स्थानीय तहका जनप्रतिनिधि बीच भएको सहमतिमा नयाँ निर्माण व्यवसायी फम दर्ता गर्न २५ हजार शुल्क र नबिकरणका लागि ५ हजार लिनेे निर्णय गरेका छन् ।

निर्माण व्यवसायीले मेसिन, औजारहरु जेसिबी प्रतिघण्टा डिजल, भत्ता, खानासमेत भाडा २ हजार लिने निर्णय भएको निर्माण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले बताए ।

चेनवाला एस्काभेटरु हेबी डोजर प्रतिघण्टा ४ हजार २ सय र ब्रेकरको १ हजार रुपैयँा शुल्क निर्धारण गरेको श्रेष्ठले बताए ।

स्थानीय तहले ‘घ’ वर्गको दिने निर्माण व्यवसायीको लाइसेन्सको लागि एक जना प्राबिधिक स्नातक तह अनिवार्य हुनुपर्ने, टिपर ट्याक्टर एक/एक थान मिक्चर एक थान हुनु पर्ने निर्णय गरेको छन् ।

लेवल थेडोलाईट एक एक थान, वाटर पंप तीन थान, भिइब्रेटर तीन थान अनिवार्य हुनुपर्ने व्यवसायीलाई मात्रै लाइसेन्स दिने निर्णय गरेका छन् ।

लाइसेन्स सिफमरिस समितिसमेत गठन गरेका छन् । निर्माण व्यवसायीको लाइसेन्स दिन कार्यकारी प्रमुख, इन्जिीनियर र निर्माण व्यवसायी प्रतिनिधि रहेको समितिसमेत गठन गरेका छन् ।

बालुवा कर सवारी करमा एकरुपता ल्याउन ४ सय र ८ सय कर लाग्ने निर्णय गरेका छन् ।

खोलावाट वर्षातको समयमा र पुल तथा अन्य क्षेत्रलाई असर नपुग्ने गरी जेसिबी लगायत हेबी इकुप्मेन्टबाट पनि बालुवा गिटी निकाल्न पाइने निर्णय गरेका छन् ।

गाउँपालिले आर्थिक वर्षको सुरुआतमै ठेक्का लगाउनु पर्ने र आर्थिक वर्षको अन्त्यमा हतारमा ठेक्का लगाउदा काम पनि राम्रो नहुने परिपाटीलाई अत्य गर्ने निर्णय गरेका छन् ।

‘काममा ढिलासुस्ती गर्ने सच्चिनु पर्छ’

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले देश निर्माण गर्ने जिम्मा लिएका व्यवसायी सच्चिएर अगाडि बढनुपर्ने बताएका थिए ।

चन्द्रकोट गाउँपालिका प्रमुख दोर्णबहादुर खत्रीले केही निर्माण व्यवसायीले समयमै काम पूरा गर्न नसक्नुले जनप्रतिनिधि नै आलोचित बन्नु परेको बताए ।

सबै निर्माण व्यवसायी भन्दा पनि केही निर्माण व्यवसायीको कारण समयमा काम पूरा गर्न नसक्नुले जनप्रतिनिधि निकै आलोचित बन्नु परेको बताए ।

छिमेकी गाउँपालिकामा केही राम्रा कामहरु पनि भएका छन् गाउँपालिका प्रमुख खत्रीले भने, ‘त्यस्तै काम आफनो गाउँपालिकामा नहुँदा दिनहुँ जनताबाट जनप्रतिनिधि आलोचित बन्नु परेको छ ।’

छिमेकी गाउँपालिकामा केही निर्माण व्यवसायीले समयमा काम गर्दा जनताले जनप्रतिनिधिको जयजकार पनि गर्ने गरेका पनि छन् खत्रीले भने, ‘तर आफनो गाउँपालिका जनताले दैनिक जसो गुनासो गालि खानु परेको छ ।’

निर्माण व्यवसायी सबै काम गर्ने नभएतापनि केही निर्माण कम्पनीले जनप्रतिनिधिसमेत आलोचित बन्नु पर्ने अबस्था सृजना भएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।

उनले केही निर्माण कम्पनीले उदारणीय काम गरेकाले अब काम नगर्ने तर निर्माणको जिम्मा लिने निर्माण व्यावसायीहरु सच्चिनु पर्ने बताए । ‘निर्माण व्यवसायीको सहजताको लागि स्थानीय तहले कस्तो लचकता अपनाउनु पर्छ त्यसको निम्ती हामी तयार छौ नगर प्रमुख सापकोटाले भने, ‘तोकिएको समयमै गुणस्तरिय काम गर्नुुस ।’

निर्माण व्यसायीले निर्माणको जिम्मा लिएर काम ओगटने तर समयमै पूरा गर्न नसक्दा जनतालाई निकै सास्ती खेप्नु जनगुनासो आफूकहाँ आउने गरेको सापकोटाले बताए ।

स्थानीय तहबाट गरिने कामहरु ठूला कामको लागि उपभोक्ता समितिबाट हुननसक्ने हुँदा निर्माण व्यवसायीबाट काम गर्नु अबस्था रहेको बताए ।

उनले बिगतमा भन्दा पनि बर्तमानमा निर्माण व्यवसायी फरक तरिकाबाट तोकिएको समयमै गुणस्तरीय काम गर्न सक्छन् भन्ने गरि काम गर्नु पर्ने बेला आएको बताए ।

कार्यक्रममा रेसुङ्का नगरपालिका प्रमुख डिल्लीराज भुसाल, मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी, मालिका गाउँपालिका प्रमुख रितबहादुर थापा, कालिगण्डकी गाउँपालिका प्रमुख बेद मगरले निर्माण व्यवसायीले तोकिएको समयमै काम गरेर विश्वास जित्नु पर्ने बताए ।

उनीहरुले निर्माण व्यवसायीसँग स्थानीय तहसँग समन्वयकारी ढंगबाट काम अगाडि बढ्न तयार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment