Comments Add Comment

‘भारत’ मा नलिएपछि सलमानसँग रिसाइन् ज्याकलिन

सलमान खानको फिल्म ‘भारत’ बाट नायिका प्रियंका चोपडा बाहिर निस्किएपछि त्यो रोलमा धेरै नायिकाहरुले आँखा लाएका थिए । जसमध्ये एक थिइन् ज्याकलिन फर्नान्डिस ।

सलमानसँग राम्रो सम्वन्ध भएकाले ज्याकलिनले आफूलाई अफर आउने आशा गरेकी थिइन् । सलमान र ज्याकलिनले अभिनय गरेको फिल्म ‘रेस ३’ भर्खरै मात्रै प्रदर्शन गरेको हो । यो फिल्मले उत्साजनक नभए पनि सन्तोषजनक व्यापार गरेको थियो ।

तर, ज्याकलिनको आशाविपरित यो पि्रयंकाले छोडेको रोलमा सलमानले कटि्रना कैफलाई मौका दिए । कटि्रना उनकी पूर्वप्रेमिका हुन् । त्यसो त सलमानले सुरुमा ज्याकलिनलाई लिने सोच बनाएको चर्चा पनि थियो । तर, के कारणले हो उनी कटि्रनातर्फ मोडिए । यसबाट ज्याकलिन सलमानप्रति निराश बनेकी छन् ।

श्रीलंकन नागरिक ज्याकलिन २००९ मा बनेको फिल्म ‘अलादिन’ बाट बलिउडमा आएकी हुन् । उनले पहिलो सफलता चाहिँ महेश भट्टको ‘मर्डर २’ बाट पाइन् । सन् २०१४ मा उनले सलमान खानसँग ‘किक’ मा काम गरेकी थिइन् । यो फिल्म निकै सफल भयो । सलमान खानको ‘द ब्याङ’ टुुरको सदस्य पनि हुन् ज्याकलिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment