Comments Add Comment

वैदेशिक रोजगारीबारे जानकारीमूलक एप्स सार्वजनिक

५ भदौ, काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी जानकारीमूलक मोवाइल एप्लिकेसन ‘प्रवासीको साथ मोवाइल’ सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, जान लागेका, गइसकेका साथै गएर स्वदेश र्फकनेहरुका लागि समेत उपयोगी हुने गरी बनाइएको एप्लिकेसन मंगलबार सार्वजनिक गरियो ।

वैदेशिक रोजगारीको विषयमा जानकारी लिनका लागि ‘प्रवासीको साथ मोवाइल’ एप्लिकेसनको आवश्यकता पर्ने परियोजना संयोजक रुपश्री जोशीले जानकारी दिइन् । उक्त एप्लिकेसन वित्तीय साक्षरता अभिवृद्धिका लागिसमेत महत्वपूर्ण हुने जोशीको भनाइ छ ।

किन बनाइयो ‘प्रवासीको साथ मोवाइल’ ?

‘प्रवासीको साथ मोवाइल’ नामक एप्लिकेसन वल्र्ड एजुकेसन नामक संस्थाले बनाएको हो । यो एप्लिकेसन एउटा क्यालकुलेटरको रुपमा बनाइएको बताइएको छ ।

‘प्रवासीको साथ मोवाइल’ एप्लिकेसनले वैदेशिक रोजगारकर्मीहरुलाई आर्थिक विश्लेषण गर्नका साथै सुरक्षित वैदेशिक रोजगारी र विदेशमा जान चाहिने जानकारी प्रदान गर्ने वल्र्ड एजुकेसनले बताएको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्नमुलक जान चाहनेहरुका लागि उचित ज्ञानको अभाव नभएका कारण आर्थिक शोषणमा पर्ने गरेका छन् । यो एप्लिकेसनको माध्यमबाट वैदेशिक रोजगारका क्षेत्रमा हुने आर्थिक शोषण कम गर्ने विश्वास गरिएको छ ।

एप्लिकेसनमा के-के छ ?

एप्लिकेसनमा वैदेशिक रोजगार प्रक्रियामा लाग्ने खर्च, खचृको व्यवस्थापन र भविष्यमा हुन सक्ने सम्भावित आँकडासमेत पाउन सकिने बताइएको छ ।

साथै वैदेशिक रोजगारीका लागि सरकारी मान्यताप्राप्त सीप विकास केन्द्रहरु, मेनपावर कम्पनीहरु, स्वास्थ्य केन्द्रहरु, बीमा कम्पनीहरु, रेमिट्यान्स कम्पनीहरु, ओरिनटेसन सेन्टरहरु लगायतका जानकारीहरु समेत एप्लिकेसनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment