Comments Add Comment

साउदीमा जेल परेका कुमार राना उद्दारका लागि जापानबाट २ लाख ३३ हजार सहयोग

४ भदौ, काठमाडौं । साउदी अरबको जेलमा रहेका कुमार रानाको उद्दारका लागि जापानमा रहेका नेपालीले २ लाख ३३ हजार रुपैयाँ सहयोग गरेका छन् । जापानमा बसोबास गर्ने नेपालीहरुबाट संकलित रकम हालै काठमाडौंमा कुमार राना उद्दार समितिलाई हस्तान्तरण गरिएको हो ।

जापानमा रेष्टुरेन्ट व्यवसाय गर्ने महेश श्रेष्ठले उद्दार समितिका संयोजक कृष्णप्रसाद ढकाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । जापानमा आफूसहित राजेन्द्र अर्याल, दीपक आचार्यलगायतका साथीहरुको सक्रियतामा रकम संकलन अभियान चलाएको श्रेष्ठले बताए ।

सवारी चालकको रुपमा कार्यरत रानाको गाडीले ठक्कर दिँदा घाइते भएका साउदी नागरिकले माग गरेको क्षतिपूर्ति रकम ८३ लाख रुपैयाँ तिर्नुपर्ने भएकाले हाल नेपालमा रकम संकलन अभियान सञ्चालन भएको छ । रानाको उद्दारका लागि गोरखा सेवा समाज युएईले पनि १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । समाजका संरक्षक उत्तम अधिकारीले रकम हस्तान्तरण गरे ।

कुमार रानाको उद्दारका लागि नेपालमा वैशाख १ गतेदेखि रकम संकलन अभियान सञ्चालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment