Comments Add Comment

यसकारण मोटीहरुका लागि स्वर्ग छ यो देश

बिहे हुनका लागि केवल सुन्दर देखिनुमात्र पर्याप्त छैन । यदि तपाइँ मरिससमा हुनुहुन्छ भने तपाइँ वजनदार पनि हुनुपर्नेछ ।

मरिसस यस्तो देश हो जहाँ जिउको वजन बढी भएका युवतीहरु बिहे गर्नका लागि तन्नेरीहरुको रोजाइमा पर्दछन् ।

त्यसैले मरिससमा अविवाहित केटीहरुका लागि जिउको वजन बढी हुनु खुसीको कुरा हुन्छ ।

तपाइँलाई लाग्नसक्छ महिलाहरुको हकमा जिउको मोटोपना तथा बढि वजन सुन्दरताको सबैभन्दा ठूलो सत्रु हो । तर मरिससको हकमा यो विल्कुलै लागू हुँदैन । उल्टै अविवाहित युवती स्लिम भए अर्थात् जिउमा बोसो लागेन भने तनाव सुरु हुन्छ । परिवारजनले नै धेरै खान र मोटाउन दबाब दिन्छन् । अविवाहित केटाहरुलाई पनि परिवारजनले यस्तै दबाब दिन्छन्, हृष्टपुष्ट केटी खोज्न । त्यसैले दुब्ला पातला केटीहरुको बिहे हुनै कठीन हुन्छ ।

बेहुलीको वजन बढि भएमा त्यस्तो बेहुलीले घरमा खुसी र शौभाग्य लिएर आउने आम विश्वास छ त्यहाँको समुदायमा । त्यसैले परिवारजनहरु आफ्ना छोरीहरुलाई कम भोजन तथा डाइटिङ गर्न रोक लगाउँछन् ।

यो दुनिया पनि विचित्रै छ । दुनियाका सबै महिलाहरु जिरो फिगरको पछि कुँदिरहेको बेला उता मरिससका महिलाको जिन्दगी भने निस्फिक्रि छ । उनीहरुको सिद्धान्तै छ : खाउ, पिउ, सुखसँग बस ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment