Comments Add Comment

लोकेसन अफ गर्दापनि गुगलले गरिरहन्छ निगरानी


केही समय पहिले गुगलले आफ्ना प्रयोगकर्तामाथि गर्ने निगरानीका विषयमा सनसनीपूर्ण खबर सार्वजनिक भएको थियो । जस अनुसार फोनमा लोकेसन अफ गर्दा पनि गुगलको एप्सले प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने गरेको खुलासा भएको थियो ।

यस विषयमा गुगलको आलोचना भैरहेको बेला गुगलले उक्त कुरालाई स्विकार गरेको छ । साथै गुगलले वेबसाइटमा लोकेसन सर्भिस नीतिलाई अपडेट गरेको छ ।

गुगलले स्पष्ट पारेको छ कि उसले प्रयोगकर्ता कहाँ रहेको छ भन्ने कुराको निगरानी गरिरहनेछ अर्थात् लोकेसन ट्रयाक गरिरहनेछ, भलै प्रयोगकर्ताले लोकेसन अफ किन नगरुन् ।

आफ्नो सपोर्ट पेजमा गुगलले लेखेको छ, ‘तपाइँले फोनको लोकेसन सेटिंग अफ गर्दैमा तपाइँको फोनको फाइन्ट माई डिभाइस, गुगल लोकेसन सर्भिस जस्ता अन्य लोकेसन सेवाहरुलाई प्रभावित गर्दैन ।’

गुगल भन्छ, ‘फोनमा सर्च तथा म्याप्स जस्ता सेवाहरुमा तपाइँको क्रियाकलापका कारण तपाइँको लोकेसन सम्बन्धी केही डाटाहरु गुगलसँग सुरक्षित भएका हुन्छन् । जब तपाइँ गुगल अकाउन्टको लोकेसन हिस्ट्रीलाई अफ गर्नुहुन्छ त्यो गुगल अकाउन्टसँग सम्बन्धित सबै डिभाइसका लागि बन्द हुन्छ ।’

गुगलका अनुसार डिभाइसमा गुगल म्याप्स एप खोल्दा वा अन्य फिचर्स प्रयोग गर्दापनि प्रयोगकर्ताको लोकेसनको स्न्यापसट डिभाइसमा स्टोर हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment