Comments Add Comment

आलियासँग बिहे गर्नेबारे रणवीर अझै अलमलमा !

लिउड नायक रणवीर कपुर यतिबेला नायिका आलिया भट्टसँग अफेयरमा रमाइरहेका छन् । उनीहरुले चाँडै बिहे गर्न सक्ने अड्कल पनि काटिएको छ ।

तर, रणवीरको भनाई पत्याउने हो भने उनीहरुले चाँडै बिहे गर्ने सम्भावना छैन । उनले हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा बिहेको विषयमा आफ्नो धारणा बताएका छन् ।

रणवीरलाई आलियासँग कहिले बिहे गर्दै हुनुहुन्छ भनेर सोधिएको थियो । जवाफमा उनले आलियाको नाम नलिइकन भने, ‘बिहे भन्ने कुरा योजनावद्ध हुँदैन । म ३५ वर्षको भएँ, अब बिहे गर्छु भन्ने खालको कुरामा म विश्वास गर्दिन । बिहे समय र परिस्थितिले निर्धारण गर्छ । मेरो हकमा यो समय र परिस्थिति अझै टाढा नै छ ।’

मिडियामा आलियासँग उनको अफेयरको अत्यधिक चर्चा भइरहेको प्रति ईंगित गर्दै रणवीरले भने, ‘मिडियाले आफैं एउटा स्टोरी बनाउँछन् र त्यसलाई पुष्टि गर्न अर्को स्टोरी रचना गर्छन् । म मिडियामा मेरो विषयमा के कुरा आइरहेको छ भनेर खासै ध्यान दिन्न । म सामाजिक सञ्जालमा पनि छैन । त्यसैले आफ्नो बारेमा आएका चर्चाहरुप्रति स्पष्टिकरण पनि दिने गरेको छैन । लेख्नेहरु लेख्दै गर्छन् ।’

यद्यपि, उनले आलियासँगको सम्वन्ध भने नकारेनन् । यो अझै पनि नयाँ नै भएको रणवीरको भनाई थियो । उनले आलियाको खुलेर तारिफ गरे ।

‘उनी कामप्रति अत्यधिक समर्पित नायिका हुन् । उनको काम गराई देखेर मलाई पनि प्रेरणा मिल्छ । हामी ब्रम्हास्त्रमा सँगै काम गरिरहेका छौं । म कहिलेकाहीँ थाक्छु । तर, उनी कहिल्यै थाक्दिनन् । उनको यही पक्षबाट म अत्यधिक प्रभावित छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment