Comments Add Comment

यसरी मनाइयो अल्छी दिवस (भिडियोसहित)

आन्दोलनका क्रममा सडकमा सुतेको, धर्ना कसेको त हामीले देखे भोगेकै हौँ । कहिलेकाहीँ कार्यक्रम तथा मेलापर्वमा पनि मानिसहरुले सडक भर्दछन् । तर दुनियाँमा एउटा यस्तो देश पनि छ, जहाँ हरेक वर्ष एक दिनका लागि अल्छी मानिसहरुले सडक कब्जा गर्दछन् ।

उक्त दिनमा विभिन्न देशका अल्छी मानिसहरु उक्त देशमा आउँछन् र ओछ्यान लगाएर सडकमै सुत्दछन् ।

हो, कोलम्बियामा हरेक वर्ष विश्व अल्छी दिवस मनाइन्छ । उक्त दिवस मनाउनका लागि कोलम्बियामा दुनियाँभरका मानिसहरु आउँछन् । गत आइतबार मनाइएको यस दिवसका अवसरमा कोलम्बियाको इतागुई सहरमा हजारौँ मानिसहरु सडकमै विस्तारा लगाएर सुते ।

मानिसहरु आफूसँगै गद्दा विस्तारा लिएर सडकमा पुगेका थिए । दिनभर मानिसहरु सडकमा सुतेर आनन्द उठाए । सहर पूरै अल्छी मानिसहरुले भरिएको थियो ।

उक्त दिन मानिसहरु सडकमै ओछ्यानमा अल्छीपनमै डुबेर बिताए ।

यो पर्वको इतिहास लामो छ र यसको कारण पनि रोचक छ । कोलम्बियाका मानिसहरु तनावसँग जुध्नका लागि अल्छी दिवस मनाउने गरेका हुन् । सन् १९८५ देखि यो दिवस मनाउन थालिएको हो ।

कोलम्बियाको इतागुई सहरको जनसंख्या अहिले झण्डै २ लाख छ । आजभन्दा ३३ वर्ष पहिले सहरका एकजना बासिन्दा मारियो मोन्टोयाले सहरबासीहरुलाई कम्तीमा एकदिन आराम दिने जुक्ति सोँचे । सोही मुताविक उनैको पहलमा अल्छी दिवस मनाउन सुरु गरियो ।

अल्छी दिवसको अवसरमा अल्छीहरुका लागि विभिन्न खाले प्रतियोगिता पनि आयोजना गरिन्छन् । कसको पाइजामा सबैभन्दा राम्रो ? को सबैभन्दा छिटो विस्तारमा पुग्ने ? भन्ने खालका प्रतियोगिता हुने गरेका छन् यस दिवसमा ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment