Comments Add Comment

फेसबुकले हटाइदियो साढे ६ सय नक्कली अकाउन्ट

भ्रामक राजनीतिक गतिविधिमा लिप्त भएको आरोपमा फेसबुकले सयौँ अकाउन्ट, ग्रुप तथा पेजहरु ‘डिलिट’ गरिदिएको छ ।

यसरी प्रतिबन्धित हुनेमा अधिकांश अकाउन्ट इरान र रुससँग सम्बन्धित रहेका बताइएको छ ।

अनुचित गतिविधिमा संलग्न रहेका रुस र इरानसँग सम्बन्धित ६ सय ५२ वटा फेसबुक पेज, ग्रुप तथा अकाउन्टलाई हटाइएको फेसबुकले जनाएको छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावलाई प्रभावित गर्नका लागि रुसी एजेन्टहरुद्वारा फेसबुकको प्लेटफर्ममा अभियान चलाएको खुलासा भएसँगै फेसबुकले आफ्नो नीतिलाई मजबुत गर्ने कार्यमा जुटेको थियो । फेसबुकसँगै अन्य सोसल मिडियाहरुले पनि पछिल्लो समयमा भ्रामक राजनीतिक अभियानको विरुद्धमा सख्त कदम अघि बढाइरहेका छन् ।

ट्वीटरले पनि यसअघि २ सय ८४ वटा अकाउन्ट बन्द गरेको जानकारी गराएको थियो ।

भ्रामक राजनीतिक गतिविधि चलाउने अकाउन्टहरुमा रहेका सामाग्रीहरुको समीक्षा अझै पूरा नभएको भन्दै फेसबुकले यस विषयको सूचना अमेरिका तथा बेलायत सरकारलाई दिएको बताइएको छ ।

फेसबुक सीर्इओ मार्क जुकरबर्गका अनुसार मानिसमात्र नभएर केही देशहरु नै हरसम्भव तरिका लगाएर फेसबुकका सेवाहरुको दुरुपयोग गर्ने कोसिस गरिरहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment