Comments Add Comment

केयूका रजिष्ट्रार डा. थापाले दिए राजीनामा

७ भदौ, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का रजिष्ट्रार प्रा. डा. भोला थापाले पदबाट राजीनामा दिएका छन् । बिहीबारको कार्यकारी परिषदको बैठकमा उपकुलपति प्रा. डा. रामकण्ठ माकाजुसँग विवाद भएपछि थापाले राजीनामा दिएका हुन् ।

विश्वविद्यालयको एकेडेमिक क्षेत्रमा ध्यान नदिएको तर तत्कालीन आवश्यकता भन्दा बाहिरका कुरामा ध्यान दिएको भन्दै शिक्षकहरुले उपकुलपतिको आलोचना गर्दै आएका थिए । सोही विषयमा उपकुलपति माकाजुले रजिष्ट्रार थापाले आफूलाई असहयोग गरेको आरोप लगाउँदै आएका थिए ।

बिहीबारको बैठकमा पनि यस विषयमा कुरा उठेको थियो । ‘उपकुलपति ज्यूले शिक्षकहरुका सानासाना मागहरु तलै नमिलाएर किन माथि पठाएको ? मलाई असहयोग गरिरहने हो भने बरु राजीनामा दिनुस् भनेपछि थापाले राजीनामा लेखेर हिँड्नुभयो,’ काठमाडौं विश्वविद्यालय स्रोतले अनलाइनखबरसँग भन्यो ।

उपकुलपति माकाजुले पाठ्यक्रममा ध्यान नदिँदा हालै विद्यार्थी भर्ना कम भएपछि काठमाडौं विश्वविद्यालयको इतिहासमै पहिलोपटक पुनः भर्ना आह्वान गर्नुपरेको असन्तुष्ट शिक्षकहरु बताउँछन् ।

माकाजुलाई तत्कालीन प्रधानमन्त्री प्रचण्डले दोस्रो कार्यकालका लागि उपकुलपतिमा नियुक्त गरेका थिए । उनको नियुक्ति रोक्न काठमाडौं विश्वविद्यालयको असन्तुष्ट समूह सक्रिय बने पनि असफल भएको थियो ।

आफू उपकुलपति नियुक्त भएपछि माकाजुले नै सिफारिस गरेपछि सरकारले थापालाई रजिष्ट्रार नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment