Comments Add Comment

कञ्चनपुरमा गोलीकाण्डपछि सीडीअो र एसपी फेरिए

७ भदौ, काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो ।

उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो ।

मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको छ । उनको ठाउँमा कुवेर कडायतलाई पठाउने तयारी रहेको छ ।

मन्त्रालयले कञ्चनपुरमै कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठीको पनि सरुवा गरेको छ ।

यसैबीच, गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै अान्दाेलन चर्काएका थिए ।

बिहीबारै मात्रै अान्दाेलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यो पनि पढ्नुस्

निर्मला पन्त हत्याबारे वास्तविकता लुकाइएको स्थानीयको अारोप

निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ

भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या

निर्मला हत्या प्रकरणः ३० बढीसँग सोधपुछ तर, भेटिएन अभियुक्त

निर्मला बलात्कार प्रकरणः कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यु आदेश जारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment