Comments Add Comment

ब्ल्याकवाटरको स्वादिलो इटालियन पिज्जा

अहिलेका पुस्तालाई सोध्नै पर्दैन, ‘पिज्जा कस्तो लाग्छ ?’ पिज्जाको नाम लिनसाथ उनीहरुको मुखमा पानी आउँछ । हुन त यो आयतित खान्की हो । तर, दाल-भातमा मात्र चित्त नबुझाउने पुस्ता अहिले पिज्जाको स्वादमा रमाउन थालेका छन् ।

पिज्जा, जो परम्परागत ढंगले भन्ने हो भने रापिलो भट्टीमा सेकाएर पकाइने परिकार हो । अहिले यो विद्युतिय भटट्टी वा ओभनमा पकाउने गरिएको छ । ब्रेड (रोटी)मा चिज, गोलभेडा, प्याज, भेडेखुर्सानी आदि मिसाएर बनाइन्छ भनेर त भनिरहनु नपर्ला, किनभने यो इटालिन परिकारको स्वाद नलिने अब सायदै भेटिएलान् । खासगरी शहरी क्षेत्रमा ।

अँ त, इटलियन पिज्जाको कुरा गर्दा काठमाडौंमा एउटा जक्सन छ । जक्सन नै भनौं, जहाँ युवापुस्ताको भिड जम्छ । पिज्जा खानकै लागि । ठाउँको नाम हो, ब्ल्याक वाटार रेष्ट्रो एन्ड बार । यो रेष्टुराँ खासगरी पिज्जा पारखीका लागि उपयुक्त गन्तव्य हुनसक्छ । किनभने यहाँ ११ थरीका पिज्जाको स्वाद लिन पाइन्छ । भेज तथा ननभेजका विभिन्न फ्लेवरमा । ब्ल्याकवाटर पिज्जा, सुप्रिम पिज्जा, हवाईन पिज्जा, मिट लभर पिज्जा, भेज लभर पिज्जा, पाईजाना पिज्जा, फायर अनलिप्स पिज्जा जस्ता अनेक स्वाद र फ्लेबरका पिज्जा पाइन्छ, यहाँ ।

ब्ल्याक वाटर रेष्ट्रो एन्ड बारको शाखा काठमाडौंका तीन वटा ठाउँमा छ, ठमेल, न्युरोड र बानेश्वरमा । तीन ठाउँका रेष्टुरेन्टको आवरण मात्र मिल्दो छैन, खान्की एवं मेनु पनि मिल्दो छ । स्वाद र मूल्य मिल्दो छ । किनभने रेष्टुराँ व्यवसायमै लामो समय गुजारेका सात युवाले संयुक्त रुपमा ब्ल्याक वाटर रेष्ट्रो एन्ड बार संचालन गरेका हुन् ।

अब तपाईंलाई लाग्न सक्छ, के यहाँको मेनुमा पिज्जा मात्र होला ?


पिज्जासँगै नेपाली स्वादको अग्र्यानिक कफी पाइन्छ । साथै अन्य थुप्रै प्रकारको पेयले आँतलाई तृप्त गर्न सकिन्छ ।

यसका साथै फ्राइ चिकेन, क्रिस्पी चिकेन स्यान्डवीच, फ्रेस ग्रीन सलाद जस्ता केही परिकार छन्, जो ब्ल्याकवाटरको विशेष परिकार हुन् ।

तपाईं स्वाद फेर्न चाहनुहुन्छ भने मौलिक मेक्सिकन खाना पनि खान सक्नुहुनेछ । जस्तो कि, चिकेन फजिता ।

पीरो स्वादमा बार्बिक्यु, भेडे खुर्सानी, प्याज, गोलभेडा, चिेकनसँगै रोटी (ब्रेड) सम्मिलित परिकार हो यो । यसको मूल्य ६ सय ९५ रुपैयाँ छ । ‘प्रोब्याब्ली द बेस्ट पिज्जा इन टाउन’

पिज्जेरिया, कफी र बारको संयोजन नै यसको विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment