Comments Add Comment

वीरगञ्जमा १० लाख विरुवा रोपिने

८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा दश लाख बिरुवा रोपिने भएको छ ।

महानगरका मेयर विजय कुमार सरावगीले महानगरपालिकामा छिट्टै १० लाख विरुवा लगाउने अभियानको सुरु गरिने जानकारी दएका हुन् ।

स्वस्थ अक्सिजन र गर्मीबाट राहत पाउनका लागि रुखविरुवा महत्वपूर्ण हुने भएकोले यो अभियान सुरु गर्न लागिएको उनको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाको सडक पेटीलाई हरियाली र सुन्दर बनाउन आयोजित वृक्षारोपणमा सहभागी हुँदै नगर प्रमुख सरावगीले चुनावको प्रतिवद्धता नभुलेको बताए । ‘स्वच्छ, हराभरा र हरियाली वीरगञ्ज बनाउन १० लाख रुख लगाउने मेरो प्रतिबद्धता छ । त्यसलाई सार्थकता दिन छिट्टै योजना ल्याउँदैछौं,’ उनले भने, ‘रुख बिरुवाबाट मानिसलाई फाइदै फाइदा छ । शीतलता, प्राण वायु र सुन्दरतासमेत दिन्छ ।’

वीरगञ्जमा एउटा घरले कम्तीमा ४ वटा रुख लागाइदिए पनि वीरगञ्जको रुप फेरिन सक्ने उनको भनाइ छ । नगर प्रमुखसहितको टोलीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगरमा वृक्षारोपण गरेको छ ।

रिलिफ सोसाईटी अफ कमर्शको आयोजनामा भएको कार्यक्रममा सडक पेटीमा विभिन्न प्रजातिका ७० वटा विरुवा रोपिएको हो । टिक गुल महर, अशोकलगायत जातका विरुवा रोपिएको सोसाईटीका सदस्य मूर्लि जालानले जानकारी दिए ।

‘त्यस क्षेत्रमा छहारी दिने कुनैपनि रुख विरुवा नै थिएनन्, त्यसैले छहारी पनि होस भनेर त्यस्तै खालका विरुवा लगाएका छौं ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment