Comments Add Comment

एप्पलले किन हटायो फेसबुकको सेक्योरिटी एप ?

आफ्नो एपस्टोरबाट फेसबुकको ओनाभो सेक्योरिटी एपलाई हटाइदिएको फेसबुकले एप्पलले पुष्टि गरेको छ ।

एप्पलका अनुसार उक्त सेक्योरिटी एपले एप्पलद्वारा तय गरिएको गोपनियता सम्बन्धी निर्देशिकाको पालना नगरेको एप्पलको भनाइ छ ।

इजरायली एप ओनाभोलाई फेसबुकले सन् २०१३ मा खरीद गरेको थियो । फेसबुकले ओनाभोलाई भर्चुअल प्राइभेट नेटवर्कमार्फत इन्टरनेट ब्राउज गर्न सकिने सेक्योरिटी एपको रुपमा स्थापित गराएको थियो । यद्यपि, ओनाभो एप आफ्नो स्वामित्वमा रहेको तथ्यलाई फेसबुकले अहिलेसम्म प्रष्ट रुपमा घोषणा भने गरेको छैन ।

स्मरणरहोस् ओनाभो एपले प्रयोगकर्ताका जानकारीहरु अनधिकृत रुपमा संकलन गर्ने गरेको भन्दै अमेरिकाको संसदमा समेत यसमाथि प्रश्न उठेको थियो । कंग्रेसले उठाएको प्रश्नको जवाफमा फेसबुकले प्रयोगकर्ताको जानकारीहरु एपमार्फत अनधिकृत रुपमा संकलन गरेको कुरा अस्विकार गर्दै ओनाभो एपलाई आफुले अन्य चर्चित एपहरुका बारेमा जानकारी लिनका लागि प्रयोग गरेको जनाएको थियो । अन्य एपको बारेमा अनधिकृत रुपमा जानकारी लिने फेसबुकको यहीँ स्विकारोक्तिका कारण एप्पलले ओनाभोलाई एपस्टोरबाट हटाइदिएको बताइएको छ ।

एप्पलले भनेको छः हामीले हालै अद्यावधिक गरेको हाम्रो निर्देशिकाले प्रष्ट पारेको छ कि कुनैपनि एपले प्रयोगकर्ताका डिभाइसमा रहेका अन्य एपहरुका बारेमा जानकारी संकलन गर्न पाउँदैनन् भने प्रयोगकर्ताको डाटा कुन र के का लागि प्रयोग गरिन्छ भन्ने कुराको जानकारी गराउनुपर्दछ ।’

एप्पललको पछिल्लो कदमका बारेमा प्रतिक्रिया दिँदै फेसबुकले एप्पलको प्लाटफर्मको एक डेभलपरका हिसाबले आफुले एप्पलद्वारा तय गरिएका नियमहरुको पालना गर्ने जनाएको छ ।

समाचार अनुसार एप्पलले उक्त एपद्वारा एपस्टोरको नियम उल्लंघन भएको भन्दै यसअघि नै जानकारी गराउँदै उक्त एपलाई बन्द गर्न आग्रह गरेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment