Comments Add Comment

अमिताभले बाढी पीडितलाई पठाए पुराना लुगा र जुत्ता

बलिउड अभिनेता अमिताभ बच्चनले बाढीपिडितलाई सहयोग गर्ने क्रममा आफ्ना पुराना लुगा तह लगाएका छन् । केरलामा आएको बाढिबाट घरबारविहीन भएकाहरुका लागि उनले ती लुगा दान गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभले केही दिनअघि ६ वटा बाकसमा आफ्ना पुराना लुगा भरेर मुख्यमन्त्री राहत कोषमा पठाएका थिए । ती बाकसमा ८० वटा ज्याकेट, २५ वटा पाइन्ट र ४० जोडी जुत्ता रहेका छन् ।

अमिताभले बाढी पीडितका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । यसअघि उनले आफूले आर्थिक सहयोग गरेको बताएका थिए तर कति रकम भन्ने खुलाएका थिएनन् । उनले कम्तिमा पनि २-४ करोड सहयोग गरेको हुनुपर्ने अनुमान थियो ।

तर, ५१ लाख मात्रै दिएको तथ्य सार्वजनिक भएको छ । जबकी शाहरुख खानले पाँच करोड दिएका छन् । सुशान्त सिंह राजपूतले समेत एक करोड भारु दिएका थिए ।

यसैगरी अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान क्रिकेटर विराट कोहलीले भने बाढीमा परेका पशुहरुलाई औषधि र खाना पुर्‍याएको बताएका छन् । उनीहरुले एउटा एनजिओमार्फत यो काम गरिरहेका छन् ।

केरलामा १०० वर्ष यताकै भीषण बाढी आएको छ । बाढीले सयौंको ज्यान लिएको छ भने हजारौं बेघरबार भएका छन् । केही बलिउड सेलिबि्रटीहरुले धमाधम बाढी पीडितका लागि सहयोगको घोषणा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment