Comments Add Comment

टाइगरको तारासँग घनिष्ठताले तनावमा दिशा


बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी लामो समयदेखि प्रेममा छन् । यद्यपि, सार्वजनिकरुपमा उनीहरु यो कुरा स्वीकार गर्दैनन् ।

यो जोडीले केही समयअघि प्रदर्शित फिल्म ‘बागी २’ मा स्क्रिन सेयर गरेका थिए, जुन सुपरहिट भयो । अहिले टाइगर स्टुडेन्ट अफ द इयर २ मा व्यस्त छन् । यो फिल्ममा उनकी हिरोइन हुन् तारा सुतारा ।

पछिल्ला दिनमा टाइगर र ताराबीच घनिष्ठता बढ्दै गएको छ, जुन दिशाको लागि चिन्ताको विषय बनेको छ । फिल्मको सुटिङका क्रममा उनीहरु एक–अर्कासित निकै घुलमिल हुन्छन् । उनीहरु घन्टौंसम्म गफिएर बसेको पनि देखिएको छ । टाइगरको यो पारा हेर्दा कतै उनी दिशालाई बिर्सेर तारासँग सल्किएका त होइनन् भन्ने प्रश्न उठेको छ ।

त्यसो त दिशा र टाइगरको सम्वन्ध टुटिसकेको भने छैन । उनीहरु अघिल्लो सप्ताहान्तमा डेटमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment