Comments Add Comment

बिमस्टेक बैठकका बेला काठमाडौंका गाडीमा जोर विजोर प्रणाली


८ भदौ, काठमाडौं । भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा सवारी व्यवस्था मिलाउन ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लगाउने भएको छ ।

बिमस्टेक शिखर सम्मेलनका बेला आउने विदेशी विशिष्ट पाहुनाहरुको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन सवारी साधनमा जोर विजोर प्रणाली लगाउने भएको हो ।

त्यसका लागि भदौ १३, १४ र १५ गते काठमाडौंमा चल्ने निजी र भाडाका सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने ट्राफिक प्रहरी महाशाखाले चलाएको छ ।

काठमाडौंमा सवारी चाप अत्यधिक रहेकाले बिमस्टेक शिखर सम्मेलनका पाहुना आवतजावत गराउन समस्या हुने भएकाले जोर विजोर प्रणाली लागू गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment