Comments Add Comment

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

९ भदौ, कैलाली । निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शुक्रबार भएको आन्दोलनमा गोली लागि घाइते भएकाहरुको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

घाइतेहरु चेतन भट्ट, कबिन्द्र सिंह र दामोदर खत्रीको उपचार भैरहेको अस्पतालका डा. गोविन्द रावतले जानकारी दिए । डा. रावतका अनुसार घाइतेद्वय सुरेश प्रकाश चटौत र उमेश देउवालाई सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

घाइते बालक चेतन भट्टले आन्दोलनमा सहभागि भएर घर फर्कंदै गरेको अवस्थामा गोली लागेको बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकसँग परामर्श गरेका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका छन् । मेयर ओडले शुक्रबार राति अबेरसम्म अस्पतालमा रहेर घाइतेहरुको उपचारका विषयमा जानकारी लिएको बताए ।

यो पनि पढ्नुहोस् 

कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’माथि स्थानीयको शंका

कञ्चनपुरमा प्रहरीको गोली लागेर बालकको मृत्यु, ५ जना घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment