Comments Add Comment

गुगलले बन्द गर्दैछ गुगल प्लस ?

सन् २०११ मा निकै तामझाम तथा चर्चाका साथ गुगलले आफ्नो सोसल मिडिया प्लाटर्फम गुगल प्लस लञ्च गरेको थियो । तर अथक प्रयासका बाबजुत गुगल प्लसले इन्टरनेट प्रयोगकर्ताबीच लोकपि्रयता हासिल गर्न सकिरहेको छैन ।

फलतः गुगल प्लस प्लाटर्फमको ढोका बन्द गर्ने अन्तिम टुंगोमा गुगल पुग्न लागेको चर्चा सुरु भएको छ ।

यसको पहिलो पाइलाका रुपमा गुगल फ्रान्सले औपचारिक घोषणा गरेको छ । गुगल फ्रान्सको अफिसियल गुगल प्लस पेजमा राखिएको जानकारी अनुसार यहीँ हप्तादेखि गुगल प्लसको ढोका बन्द गरिनेछ ।

गुगल प्लसमा रहेका गुगलका फलोअर्सहरुलाई पनि अब कम्पनीको अफिसियल फेसबुक पेज तथा टि्वटर ह्याण्डलमा रिडाइरेक्ट गरिनेछ ।

गुगलले भनेको छ ः हामीलाई थाहा छैन यसलाई कसरी घोषणा गर्ने ? तर गुगल प्लसमा रहेको गुगल प्लस पेजले यहीँ सप्ताहन्त देखि ढोका बन्द गर्दैछ । यत्तिका वर्षसम्मको योगदानका लागि सबैलाई धन्यवाद ।

गुगलले आफुले चालेको पछिल्लो कदमको कारण भने खुलाएको थिएन । यद्यपि गुगल फ्रान्सले गुगल प्लसको पेजमा पछिल्लो ४६ हप्तायता कुनै पोष्ट गरेको थिएन । यसले पनि गुगल प्लस निस्क्रिय नरहेको प्रष्ट हुन्छ । पछिल्लो पटक गरेको सेवा बन्द गर्ने घोषणाको पोष्ट सम्ममा उक्त पेजमा ४ लाख ७१ हजार फलोअर्स थिए ।

फ्रान्समा गुगल प्लसको अफिसियल पेज बन्द भएसँगै त्यसलाई अन्य देशमा पनि निरन्तरता दिइने सम्भावना छ ।

गत फेब्रुअरीमा गुगल प्लसका इन्जिनियरिङ म्यानेजरले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ भर्सनको गुगल प्लस ल्याउन लागिएको खुलासा गरेका थिए । तर त्यस्तो घोषणा गरेको ६ महिना भैसक्दा पनि गुगलले कुनै नयाँ प्रडक्ट ल्याएको छैन । उल्टै गुगल प्लसको अफिसियल पेज नै बन्द गर्ने कदमको सुरुवात भएको छ । यसबाट गुगल प्ल्सका बारेमा गुगलले आगामी दिनमा कुन निर्णय लिने हो अन्योल भएको छ ।

स्मरण रहोस् विश्वमा गुगल प्लसका झण्डै ५० करोड प्रयोगकर्ता छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment