Comments Add Comment

पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन एनसेलसँग सहकार्य

१० भदौ, रौतहट । बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

नयाँ समझदारीले एनसेल र जल तथा मौसम विज्ञान विभाग बीचको सहकार्यलाई अझ वृहत बनाउँदै पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

समझदारीपत्रमा एनसेलका तर्फबाट कम्पनीका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र जल तथा मौसम विज्ञान विभागका तर्फबाट विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका हुन् ।

नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षसम्म पूर्व सूचना प्रणालीको संचालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको छ ।

एनसेल र जल तथा मौसम विज्ञान विभागले २०७३ देखि नै पूर्वसूचना प्रणालीको संचालनका लागि सहकार्य गर्दै आएका छन् । सहकार्यको शुरुवात देखिनै एनसेलले  बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढी पहिरोको जोखिम बारे उनीहरुको आफ्नै मोबाइलमा एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै आएको छ । यस सहकार्यले जोखिम क्षेत्रमा जनधनको क्षतिलाईन्युनगर्न मद्दत पुर्याउदै आएको छ ।

‘‘एनसेलमा हामीले विपतपूर्वतयारी तथा प्रतिकार्यलाई हाम्रो व्यावसायिक सामाजिक उत्तरदायित्वको एक प्रमुख स्तम्भको रुपमा अंगिकार गरेका छौं । यसै पहल अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको  आफ्नो सहकार्यलाइ थप मजबुत बनाउन पाउँदा हामी हर्षित छौं। यो सहकार्यले हामी अप्ठ्यारो परिस्थितिमा पनि आफ्ना ग्राहकसँगै छौं र उहाँहरुलाई सेवा प्रदान गरिरहन कटिबद्ध छौं भन्ने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । पूर्वसूचना प्रणाली सम्बन्धित यस पहलले आपतकालिन अवस्थामा पनि प्रविधिको प्रयोग गरी कसरी सामाजिक लाभ लिन सकिन्छ भन्ने तथ्य पनि उजागर गरेको छ,’’ एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले भने ।

यो नयाँ समझदारीले बाढी तथा पहिरो पूर्वसूचना प्रणालीका लागि एनसेल र जल तथा मौसम विज्ञान विभागको सहकार्यलाई थप पाँच वर्षका लागि औपचारिकता प्रदान गरेको छ । यस अन्तर्गत, एनसेलले विभागसँगको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने समुदायलाई एसएमएस मार्फत प्रदान गर्दै आएको बाढीपहिरो सम्बन्धि पूर्व सूचना तथा चेतावनी प्रवाहलाई निरन्तरता दिनेछ ।

यसका साथै, कम्पनीले जल तथा मौसम विज्ञान विभागलाई हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु संचालन तथा विस्तारका लागि पहिलो वर्ष २५० वटा सिमकार्डहरु उपलब्ध गराई कनेक्टिभीटीका लागि ब्यालेन्स वापत रु १५ लाख सहयोग गर्नेछ । यसरी उपलब्ध कनेक्टिभिटी सुविधाले विभागलाई देशका विभिन्न स्थानमा स्थापित हाइड्रो मेटेरोलोजिकल स्टेशनहरुबाट केन्द्रिय सर्भरसम्म जोड्न तथा रियल टाईम डाटा ट्रान्समिसनका लागि सहयोग गर्नेछ ।

साथै विभागले जति नयाँ टेलिमेन्ट्रि उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गर्दै जान्छ एनसेलले पनि त्यसै बमोजिम सिम तथा कनेक्टिभिटि सुविधा प्रदान गर्दै जानेछ । यसलेजोखिममा रहेका अझै बढि नागरिकहरुलाई सुरक्षित रहन सहयोग गर्दै जनधनको क्षतिलाई घटाउन योगदान गर्नेछ  ।

‘‘डाटा ट्रान्समिसन तथा जोखिम क्षेत्रमा पूर्व सूचना प्रवाह लगायतका सहयोग प्रदान गर्दै आगामी ५ वर्षसम्म विभागसँग सहकार्य गर्ने एनसेलको यो प्रतिवद्धता प्रति हामी खुशी छौं । विगत २ वर्ष देखिको हाम्रो यो सहकार्यले विपदबाट सुरक्षित रहन तथा जनधनको क्षतिलाई घटाउन महत्वपूर्ण योगदान प्रदान गरेको छ  । यस प्रणालीले थप जोखिम क्षेत्रका नागरिकलाई पनि फाइदा पुर्याउन सकोस् भन्ने सुनिश्चित गर्नका लागि विभागले आगामी दिनहरुमा थप नदीहरुमा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु थप्ने योजना रहेको छ र यिनको प्रभावकारी संचालनका लागि चाहिने कनेक्टिभिटीप्रदान गर्न एनसेल यसरी खुला हृदयले अगाडि आएकोमा हामी आभारी छौ,’’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भने ।

यस सहकार्य अन्तर्गत जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप कम्पनीले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस गरी पठाउँछ ।

त्यसैगरी, ग्राहकहरुले जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सक्नेछन् ।

पानीको सहत खतराको तह भन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी ग्राहकले एसएमएस मार्फत पाउछन् ।

हाललाई यो पूर्व सूचना प्रणाली जाखिमयुक्त स्थानको रुपमा पहिचान गरिएका ४२ वटा तटिय क्षेत्रहरुमा लागु गरिएको छ । बाढी पहिरोको जोखिमका आधारमा उक्त स्थानका वासिन्दालाई एनसेलले विभागले पठाएको सूचना एसएमएस मार्फत पठाउदै आएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment