Comments Add Comment

भ्रष्टाचार भएको प्रमाण ल्याए कारबाही गरिहाल्छु, अनुहार हेर्दिन : प्रधानमन्त्री

११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार भएको आफै देखेमा वा कसैले प्रमाण ल्याएमा कारबाहीको कदम चाल्ने बताएका छन् । सोमबार दिउँसो ट्वीटरमार्फत उनले नातागोता वा आफन्त भन्दैमा कारबाही नरोकिने  पनि जिकिर गरे ।

भ्रष्टाचार भएको आफै देखेमा, प्रमाणबाट पुष्टि भएमा, सञ्चार माध्यम वा कसैले गहन खोजीबाट ल्याएमा आफूले कारबाहीको कदम चाल्ने उनले बताएका छन् ।

ट्वीटरमा उनले भनेका छन् : भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने, मिडिया वा कसैले गहन रुपमा ल्यायो भने, भ्रष्टाचार विरुद्ध कदम चालिहाल्छु । कसैको अनुहार होइन, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद, केही चल्नेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment