Comments Add Comment

चोरी भएको शिशुको शव भेटियो

११ भदौ, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाबाट आइतबार चोरी एक शिशुको शव मृत अवस्थामा फेला परेको छ ।

औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक बगैंचामा मृत अवस्थामा भेटिएकी हुन् ।

शिशुको हत्या हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदीप भगतले बताए । शिशुको शरीरमा निलडाम देखिएका छन् ।

शिशुका बुवा सन्तोष चौधरी औरही बजारका किराना पसलका सञ्चालन गर्दै आइरहेका थिए । शिशुलाई आइतबार अज्ञात व्यक्तिले पसल नजिकैबाट लगेको थियो । उनको अपहरण भएको हुन सक्ने प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका सई भगतले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ८ महिले शिशु मृत फेला परेपछि चौधरीको घरमा रुवाबासी चलेको छ । घटनाको विरोधमा र दोषी पहिचान गरी कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment