Comments Add Comment

ऐश्वर्यामाथि ट्रोलः कसैकी नभएकी छोरी तिम्रै

आफ्ना छोराछोरीलाई कसले माया गर्दैन ? जसले पनि गर्छ । तर, बलिउड अभिनेत्री ऐश्वर्या राय आफ्नी छोरीर्लाइ अरुभन्दा स्पेसल देखाउन चाहन्छिन् ।

ऐश्वर्याले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छन् । जुन फोटोमा ऐश्वर्याकी छोरी आराध्याले आफ्नो दाई पर्ने बालकलाई राखि बाँधिदिदैछिन् । या ेफोटोलाई लिएर ऐश्वर्याको ट्रोल भइरहेको छ ।

ऐश्वर्याले आफ्नो ६ वर्षकी छोरीलाई काखमा राखेकी छिन् भने उनका दाई उभिएका छन् । जबकि परम्परागतरुपमा दाजुभाई बस्ने र दिदी बहिनी उभिने हुनुपर्ने हो । तर, यहाँ उल्टो भएको छ । ऐश्वर्याकी छोरी दुई खुट्टाले उभिन नसक्ने सानी होइनन् । अर्कोतर्फ आराध्याको हात पनि ऐश्वर्याले समाइदिएकी छन् ।

यो तस्वीरलाई लिएर धेरैले ऐश्वर्यालाई ट्रोल गरेका छन् ।

एक जनाले लेखेका छन्, ‘के संसारमा कसैले नपाएको बच्चा ऐश्वर्याले पाएकी हुन् ? उनी के देखाउन चाहन्छिन् ?’

धेरै ट्रोल भएपछि ऐश्वर्याले जवाफ दिन वाध्य हुनु परेको छ । उनले आफ्नी छोरी आफ्नो लागि स्पेशल भएको भन्दै ट्रोल हुँदैमा छोरीप्रतिको व्यवहार परिवर्तन नगर्ने बताइन् ।

‘हो, म मेरी छोरीलाई अझै पनि काखमा बोक्छु,’ उनले भनेकी छन्, ‘यसमा अरुले किन टाउको दुखाउनुपर्‍यो ?’

तर, धेरैले भने अगाडि क्यामरा भएको अवस्थामा ऐश्वर्याले छोरीप्रति बढि आशक्ति देखाउने गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment