Comments Add Comment

आफ्नै बाबुसँग फिल्म खेल्न साराले गरिन् इन्कार

बलिउड अभिनेता सैफ अली खानकी छोरी साराको पहिलो फिल्म नै प्रदर्शन भएको छैन । तर, उनी अहिलेदेखि नै आफूलाई स्टार ठान्न थालिसकेकी छन् ।

साराले अभिनय गरेको पहिलो फिल्म ‘केदारनाथ’ विवादमा रुमल्लिएर स्थगित भएको छ । उनी अहिले दोस्रो फिल्म ‘सिम्बा’ मा व्यस्त छिन् । यो फिल्ममा उनी रणवीर सिंहको अपोजिटमा छिन् ।

सिम्बापछि उनले आप\mनो बाबु सैफसँग फिल्म खेल्ने चर्चा चलेको थियो । तर, पछिल्लो खबरअनुसार साराले यो फिल्म खेल्न इन्कार गरिदिएकी छन् । यो फिल्ममा सैफ र सारालाई बाबुछोरीको रोलमा नै अफर गरिएको थियो । सैफ छोरीसँग स्त्रिmन सेयर गर्ने कुराले उत्साहित थिए । तर साराले के सोचेर हो, यो फिल्म खेल्न मानिनन् । छोरीले आफूसँग फिल्म खेल्न नमान्दा सैफ अचम्भित बनेका छन् । अब उनले पनि यो फिल्म छोड्न सक्ने अनुमान गरिएको छ । छोरीकै लागि उनले यो फिल्म खेल्ने मुड बनाएका थिए ।

यो गत वर्ष प्रदर्शित फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेल हो । यसको सुटिङ अर्को वर्ष लन्डनमा सुरु हुनेछ । साराले खेल्न नमानेपछि निर्देशक नयाँ हिरोइनको खोजीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment