Comments Add Comment

शाहरुख खानले भनेः हलिउड फिल्म खेल्दिनँ

बलिउडका कलाकारहरु धमाधम हलिउड फिल्ममा देखिन थालेका छन् । ओम पुरीबाट सुरु भएको यो सिलसिला नवाजुद्दिन सिद्दिकीसम्म चलिरहेको छ ।

पछिल्लो समय दुई नायिका पि्रयंका चोपडा र दिपिका पादुकोणले त हलिउडमा राम्रै नाम कमाएका छन् । तर, बलिउडका टप हिरोहरु भने अहिलेसम्म हलिउड फिल्ममा देखिएका छैनन् ।

हालै एक अन्तरवार्तामा नायक शाहरुख खानले हलिउड फिल्म खेल्ने सम्वन्धमा मुख खोले ।

उनले भने, ‘म उनीहरुकहाँ फिल्म माग्न जान्न । उनीहरु नै मकहाँ आउनुपर्छ ।’

उनले आफूलाई अहिलेसम्म हलिउड फिल्मबाट अफर नआएको बताए । ठट्टा गर्दै भने, ‘सायद मेरो अंग्रेजी राम्रो नभएर होला ।’

उनले भविष्यमा हलिउड कलाकारहरु नै बलिउड फिल्म खेल्न आउने दावी गरे ।

‘भोली टम क्रुजले बलिउड फिल्म खेल्न मरिहत्ते गर्ने दिन आउने छ,’ शाहरुखले भने ।

शाहरुख अहिले आफ्नो होम प्रोडक्सन फिल्म ‘जिरो’ मा व्यस्त छन् । यो फिल्ममा उनले पुड्को व्यक्तिको भूमिका निभाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment