Comments Add Comment

जब दिनदहाडै कपडा फुकालेर दुई युवक सडकमा उत्रिए…

ताइवान सरकार अहिले दुईजना युवकको खोजीमा छ । ती युवक कुनै विदेशी पर्यटक हुन् । उनीहरुमाथि यस्तो आरोप लागेको छ, जुन सुन्दैमा लाज लाग्दछ ।

घटना गत सोमबारको हो । जब ताइवानको सडकमा निकै अनौठो दृश्य देखियो । दिउँसोको समय थियो । दुईजना युवक सडकको डिभाइडरको नजिक पुगे । त्यसपछि एकाएक आफ्नो जिउका कपडा फुकाल्न थाले ।

ताइवानको चांघुवा शहरस्थित सडकको उक्त चोकमा बीच सडकमै ती दुई युवकले जिउको माथिल्लो भागका कपडा फुकालेर अर्धनग्न बनेपछि सडकमा गुलावी रंगको च्यादर बिछाएर त्यहीँ पल्टिए । त्यो दृश्य देख्दा सडकमा यात्रा गरिरहेका मानिसहरुले भेउ पाउनै सकिरहेका थिएनन् । कसैले उनीहरुको त्यो भिडियो खिचेछन् । केही बेरपछि उनीहरुको त्यो भिडियो स्थानीय एक फेसबुक ग्रुपले फेसबुकमा अपलोड गर्यो । जुन हेर्दाहेर्दै भाइरल बन्यो ।

वास्तवमा सडक डिभाइडरमा कपडा फुकालेर सडकमै सुतेका ती युवकहरुले घाम तापिरहेका अर्थात् सनबाथ गरिरहेका थिए ।

भिडियोले सोसल मिडिया तताएपछि तत्कालै पुलिस त्यो ठाउँमा पुग्यो । तर पुलिस पुगुन्जेलसम्म दुई युवा त्यहाँबट हिँडिसकेका रहेछन् । त्यसैले ती युवक को हुन् भन्ने पहिचान गर्न सकिएन ।

प्रहरीले ती दुई युवकको खोजी गरिरहेको छ । यदि उनीहरु पक्राउ परेमा उनीहरुलाई ताइवानको सडक कानूनको उल्लंघनमा कारवाही हुने बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment