Comments Add Comment

चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्या ८० करोड नाघ्यो

चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ । यद्यपि, अहिले पनि हरेक पाँच जनामा २ जना चिनियाँ नागरिकहरु इन्टरनेटको पहुँच बाहिर रहेको बताइएको छ ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीन इन्टरनेट प्रयोगकर्ताको हिसाबले पनि विश्वको सबैभन्दा ठूलो देशको रुपमा रहेको छ ।

पछिल्लो समयमा चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको र यसले प्रविधि कम्पनीहरुलाई वृहत बजारको अवसर प्रदान गर्नुका साथै सरकारलाई आफ्ना नागरिकहरुमाथि निगरानीको पहुँच बढाएको विश्लेषकहरुले जनाएका छन् ।

सन् २०१८ को पहिलो ६ महिनामै चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोडले बढेको छ । योसँगै चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्या ८० करोड २० लाख पुगेको छ । अहिले ५७ दशमलब ७ प्रतिशत चिनियाँ इन्टरनेटको पहुँचमा पुगेका छन् ।

चीनको सरकारी चाइना इन्टरनेट नेटवर्क इन्फरमेसन सेन्टरले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार तीमध्ये केवल १ दशमलब ७ प्रतिशतले मोबाइल फोनमार्फत इन्टनरेट प्रयोग गर्ने गरेका छन् ।

रिपोर्ट अनुसार गत जुन सम्ममा ७० प्रतिशत चिनियाँहरु अनलाइन सपिङ गर्दछन् । त्यस्तै ५६ करोड ६० लाख चिनियाँले मोबाइल पेमेन्टको प्रयोग गर्ने गरेका छन् जुन गत वर्षको तुलनामा ७.४ प्रतिशतले बढी हो ।

चिनियाँ सरकारले प्राविधिक संरचनामा निरन्तर लगानी बढाउँदै गरेको फलस्वरुप इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेको छ । सरकारले इन्टरनेट स्पिड बढाउने तथा शुल्कसमेत कम गर्ने नीति अख्तियार गरेपछि प्रयोगकर्ता उत्साहित बनेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment