Comments Add Comment

धिरज र साम्राज्ञीको प्रेम र विछोडको कथामा ‘इन्टु मिन्टु लण्डनमा’

असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन लण्डनमा गरिएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फोकस गरिएको छ । दुइको भेट, प्रेम र विछोडलाई यो ट्रेलरमा फोकस गरिएको छ ।

चलचित्रमा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषठ पाठक, रुवि राना र विवेक लिम्बुको मुख्य भूमिका छ । चलचित्रलाई प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानी छ । चलचित्रको छायांकन पक्ष उत्कृष्ट छ । बेलायतको रमणिय दृश्यलाई निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment