Comments Add Comment

ऋतिकले अत्याधिक फ्लर्ट गर्दा दिशाले फिल्म छाडिन् !

बलिउड अभिनेता ऋतिक रोशनले आफूभन्दा १८ वर्ष कान्छी अभिनेत्री दिशा पटानीलाई फ्लर्ट गरेको खबरले बजार तातेको छ । बाबु उमेरका अभिनेताको फ्लर्टबाट दिक्क भएर दिशाले फिल्म नै छाडेको दुई भारतीय अनलाइनखले उल्लेख गरेका छन् ।

पत्नी सुजैनसित डिभोर्स गरेपछि ऋतिक अहिले सिंगल छन् । यद्यपि, सुजैनसँगको उनको निकटता भने झांगिएकै छ । अर्कोतर्फ दिशा लामो समयदेखि अभिनेता टाइगर श्राफसँग प्रेममा छिन् । एउटा फिल्मको सुटिङका क्रममा ऋतिकले दिशालाई अत्यधिक फ्लर्ट गर्ने गरेपछि दिशाले असहज महसुस गरेको बताइन्छ । स्मरणीय के छ भने यो डान्स–एक्सन फिल्ममा दिशाका व्वाइफ्रेन्ड टाइगर श्राफ पनि छन् । आफ्नो व्वाईफ्रेन्डकै अगाडि अर्कोले फ्लर्ट गर्दा उनलाई अप्ठेरो पर्ने नै भयो ।

यो समाचार बाहिर आएपछि ऋतिक भने क्रोधित बनेका छन् । उनले सम्वन्धित अनलाइनहरुको स्क्रिनसट सेयर गर्दै समाचारको खन्डन गरेका छन् । दिशाले पनि आफ्नो ऋतिकसँग कुनै फिल्ममा सहकार्य नभएको दावी गरेकी छन् ।
‘मैले उहाँलाई एक पटक मात्र भेटेकी छु । मेरो नजरमा उहाँ एक भलाद्मी व्यक्ति हुनुहुन्छ,’ दिशाले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment