Comments Add Comment

१० घन्टा सुटिङ गरेर एकता कपुरसँग शाहरुखले असुले ८ करोड

चर्चित प्रोड्यूसर एकता कपुर अहिले आफ्नो सुपरहिट सिरियल ‘कसौटी जिन्दगीकी’ को दोस्रो सिजन लिएर आउने तयारीमा छिन् । अहिले उनी यसैको प्रचारप्रसारमा छिन् । सिरियललाई सुरुमै चर्चित बनाउन उनले चालेको एउटा कदम भने निकै महंगो सावित भएको छ । उनले सिरियलको प्रोमोमा बलिउड सुपरस्टार शाहरुख खानलाई प्रयोग गर्न चाहिन्. । साथै सिरियलको न्यारेसन पनि शाहरुखबाट गराउने योजना बनाइन् । र, शाहरुखलाई प्रस्ताव राखिन् ।् शाहरुखले पनि आनाकानी गरेनन् ।

मित्रताको हिसाबले लिखित सम्झौताबिनै काम सुरु भयो । शाहरुखले जम्माजम्मी १० घन्टा सुटिङ गरे । जब पैसाको कुरा आयो, शाहरुखले ८ करोड रुपैयाँ मागे । रकम सुनेर एकता कपुरको होस उड्यो । तर, बहस गर्नुको अर्थ थिएन । त्यसैले उनले चुपचाप शाहरुखले मागेकै रकम दिएकी छन् ।

‘कसौटी जिन्दगीकी’ धेरै वर्ष अगाडिको चर्चित पारिवारिक सिरियल थियो । गृहणीहरुमाझ लोकप्रिय बनेको यस सिरियलपछि नै भारतीय टिभी च्यानलहरुमा पारिवारिक सिरियलको बाढी आएको हो । ‘कसौटी जिन्दगीकी’ एक महिलाले दुई पुरुषसँग गर्ने प्रेममा आधारित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment