Comments Add Comment

म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनीमा

१३ भदौ, बुटवल । म्यानमारका राष्ट्रपति विन मिन्ट सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयाास (बिमस्टेक) को चौथो बैठकमा सहभागी हुन मंगलबार काठमाडौं आएका राष्ट्रपति मिन्ट बुधबार लुम्बिनीको दर्शन गर्न आएका हुन् ।

राष्ट्रपति मिन्टलाई प्रदेश ५ का प्रदेश प्रमुखद उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेस त्रिपाठी लगायतले स्वागत गरेका छन् ।

राष्ट्रपति विनले मायादेवीको दशर्न गरेका छन् । अवलोकनका क्रममा लुम्बिनी गुरूयोजनाबारे सूचना अधिकृत हरिधोज रार्इले जानकारी दिए । त्यस गलत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुद्धको मुर्ति उपहार दिएका थिए ।

बिमस्टेकमा सहभागी हुन अन्य देशका प्रमुखहरू अाउने क्रम पनि जारी छ । बैठक १४ र १५ गते काठमाडाैंमा अायाेजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment