Comments Add Comment

नेपाललाई दोस्रो सफलता, जतिन्दर सिंह ३० रनमा आउट

१३ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले ओमनको दोस्रो विकेट लिएको छ । ओमनका ओपनर ब्याट्सम्यान जतिन्दर सिंह ३० रन रनआउट भएका हुन् ।

अहिले ओमनले २१ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ७१ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले पहिलो विकेटको रुपमा अकिब इल्यासलाई १६ रनमा एल्बिडब्लु आउट गराएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।

नेपालका लागि सागर पुनले उत्कृष्ट प्रदर्शन गरे । उनले ८३ रन बनाए । उनले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, नेपालका लागि ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाए । आरिफ शेखले ३६ रन बनाए । उनले सागर पुनसँग मिलेर ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । त्यस्तै, नेपालका लागि करण केसीले विष्फोटक ब्याटिङ गरे । उनले १० बलमा २६ रन बनाए ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा ओमनका लागि विलाल खान, मुहम्मद नदिम र अजय भि्रज्लाल लिल्चेताले समान २-२ विकेट लिए ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment