Comments Add Comment

डेढ करोड जनसंख्यामा इन्टरनेटको पहुँच

१३ भदौ, काठमाडौं । सरकारी तथ्यांकअनुसार नेपालमा इन्टरनेट सेवाको पहुँच ५० प्रतिशतभन्दा बढी जनसंख्या माझ पुगेको छ । तथ्यांकले यस्तो देखाए पनि तथ्यांकमा प्रशस्तै दोहोरोपाना भने छ ।

जस्तै एनसेल र एनटीसीका दुबै सेवा एकै व्यक्तिले लिए पनि त्यसलाई दुई जना मानेर गणना हुँदा एकीन तथ्यांक प्राप्त हुने अवस्था छैन । फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्ड दुबै प्रयोग गरिरहेका एउटै व्यक्तिको गणना पनि दुई पटक हुँदा आधा जनसंख्याले इन्टरनेट सेवा प्रयोग गरिरहेको जस्तो देखिएको नेपाल दूरसञ्चार प्राधिकरणकै अधिकारी स्वीर्काछन् ।

स्मार्टफोनको प्रयोग बढ्दै जाँदा तीव्र रुपमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेको नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको असार मसान्तसम्मको तथ्यांकले देखाउँछ ।

गत असारसम्म ५१.१५ प्रतिशत जनसंख्या बराबरमा इन्टरनेट प्रयोगकर्ता रहेको देखिन्छ । एक करोड ४९ लाख ८१ हजार नागरिकले इन्टरजनेट सेवाको प्रयोग गरिरहेको प्राधिकरणको एमआईएस रिर्पोटमा देखिन्छ ।

तारसहितको फिक्स्ड ब्रोडब्याण्ड, ताररहित फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्ड गरी झण्डै डेढ करोड नागरिकले इन्टरनेट सेवा उपयोग गरिरहेको रिर्पोटले देखाउँछ । ५० प्रतिशतमध्ये ३९ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताकै छ ।

तारसहितको फिक्स्ड ब्रोडब्याण्डको हिस्सा १० प्रतिशत छ भने ताररहितको फिक्स ब्रोडब्यायाण्ड प्रयोग गर्नेहरु ५१ प्रतिशतमा १.०४ प्रतिशत मात्रै छन् ।

असारसम्म नेपाल टेकिलमबाट ६५ लाखले इन्टरनेट सेवा लिइरहेको देखिन्छ भने ६१ लाख ९ हजार प्रयोगकर्ता एनसेलबाट मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् ।

टेलिकमले थ्रीजीमा ४७ लाख प्रयोगकर्ता पाएको छ भने एनसेलले ४९ लाख । फोरजीमा टेलिकमका ६० हजार प्रयोगकर्ता रहेको देखिन्छ भने एनसेलसँग ११ लाख फोरजी सेवाका प्रयोगकर्ता आवद्ध छन् ।

टेलिमको एडीएसएल सेवाका प्रयोगकर्ता १० लाख छन् । केबल एफटीटीएच सेवाको प्रयोगकर्ताको संख्या २० लाख १२ हजार छ । इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)हरुले मात्रै २२ लाख प्रयोगकर्ता बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment