Comments Add Comment

गभर्नर र बैंकरसँग निजी क्षेत्रको प्रश्न : ब्याजदर कहिले घट्छ ?

१३ भदौं, काठमाडौं । बैंकको ब्याजदर नघटेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।

बुधबार महासंघ आफैले आयोजना गरेको ‘इको टक’ कार्यक्रममा गभर्नर डा. चिरञ्जिवी नेपाल र बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासमक्ष महासंघले असन्तुष्ट व्यक्त गरेको हो ।

चालु आर्थिक वर्षको मौदि्रक नीतिमा गरिएको व्यवस्थापछि बैंकको ब्याजदर घट्ने अपेक्षा गरिएको भए पनि बैंकको ब्याजदर नघट्दा उद्योगी, व्यवसायीहरु मार्कामा परेको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । बैंकमा पर्याप्त तरलता हुँदासमेत ब्याजदर घट्न नसकेकोमा उनले असन्तष्टी जनाइन् ।

कार्यक्रममा प्रस्तुतिकरण गर्दै महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले एसएमएस ब्याजदरको अन्त्य गर्नुपर्ने बताए । बैंकहरुले एकै त्रैमासमा नै धेरै पटक ब्याजदर बढाएर एसएमएस मार्फत जानकारी दिने गरेको भन्दै ऋणको ब्याजदर वृद्धि गर्दा सम्बन्धित ऋणीसँग लिखित सहमति हुनुपर्ने बताए ।

गभर्नर डा. नेपालले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताए । मुलुकमा डरलाग्दो ब्यापारघाटा रहेको र त्यसलाई कम गर्नतर्फ ध्यान दिनुपर्ने भन्दै गभर्नर नेपालले उत्पादकत्व बढाउन आग्रह गरे ।

नेपाल बैंकर एशोसिएसनका अध्यक्ष ढुंगानाले तत्कालै ब्याजदर घट्ने सम्भावना नरहे पनि असोज मसान्तपछि पर्याप्त तरलता रहे बैंकहरुले ब्याजदर घटाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment