Comments Add Comment

एसिया कप छनोटमा नेपालले टस जित्यो, युएई ब्याटिङ गर्दै

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपालले बलिङ गर्ने भएसँगै युएईले ब्याटिङको निम्तो पाएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगामी यात्रा सहज हुनेछ ।

आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाव छ । यता, युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।

नेपाल र युएईबीचको खेल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ । नेपाल र युएई दुबै टिम एक दिवसीय मान्यता प्राप्त देश हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment