Comments Add Comment

युट्युबलाई टक्कर दिँदै फेसबुकको भिडियो सर्भिस ‘वाच’

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो छुट्टै भिडियो स्ट्रिमिङ्ग सर्भिस फेसबुक वाच सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने भएको छ । हाल यो सेवा अमेरिकी प्रयोगकर्ताका लागि पछिल्लो एक वर्षदेखि उपलब्ध हुँदै आएको थियो ।

फेसबुकको यो नयाँ सेवाले प्रयोगकर्तालाई व्यापक विकल्प उपलब्ध गराउनेछ । जहाँ प्रयोगकर्ताले आफुलाई मनपर्ने शो छनोट गर्न सक्दछन् । जसमा चर्चित ब्राण्डदेखि नयाँ खेलाडिसम्मका शो देख्न सकिनेछ । यसका साथै न्यूज फिडमा सेभ गरिएका क्लिपहरु पनि यसमा हेर्न सकिन्छ ।

धेरै दर्शकले हेर्ने भिडियोमा युट्युबमा झैँ गरी विज्ञापन पनि देखिनेछन् । तथापि सुरुवातमा चाहीँ अमेरिका, बेलायत, आयरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमा मात्र यस्तो विज्ञापन सेवा उपलब्ध हुनेछ । भिडियोबाट हुने मुनाफा चाहीँ भिडियो अपलोड गर्ने प्रयोगकर्ता र फेसबुकले बाँड्नेछन् । जसमा निर्मातालाई ५५ प्रतिशत र फेसबुकलाई ४५ प्रतिशत हिस्सा प्राप्त हुनेछ ।

फेसबुकले बुधबार नै यो सेवा सुरु हुने मिति घोषणा गर्नेवाला थियो । तर जानकारी लिक भएका कारणले गर्दा पूर्वनिर्धारित मितिमा घोषणा गरेन ।

वाच सर्भिस नाम दिइएको फेसबुकको यो भिडियो स्ट्रिमिंग सेवालाई युट्युबको प्रतिद्वन्दी मानिएको छ ।

तर फेसबुकको यो सर्भिसले केवल युट्युबमा मात्र नभै परम्पारगत टिभी च्यानल तथा नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइप्लेयर तथा फेसबुकको आफ्नै इन्स्टाग्राम टिभी जस्ता अनलाइन आउटलेटहरुलाई पनि चुनौति पस्किने बताइएको छ ।

पछिल्लोपटक सार्वजनिक एक रिपोर्ट अनुसार अमेरिकामा परीक्षणमा रहेको फेसबुकको वाच सर्भिसलाई प्रयोगकर्ताले खुबै रुचाएका छन् ।

डिफ्युजन नामक समूहरुले १६ सय ३२ वयस्क फेसबुक प्रयोगकर्तामा यस विषयमा सर्भेक्षण गरेको थियो । जसमा ५० प्रतिशतले फेसबुकको वाच सर्भिसका बारेमा नसुनेको बताए । जबकी २४ प्रतिशतले यस विषयमा थाहा भएपनि प्रयोग नगरेको बताए जबकी १४ प्रतिशतले हप्तादिनमा एकपटक प्रयोग गर्ने ग्रेको बताए ।

त्यस्तै अर्को रिपोर्ट अनुसार फेसबुक वाचका कतिपय शो हरु लाखौँ दर्शकले हेर्ने गरेका छन् । कतिपयले त ती शो हरु पटक पटक हेर्ने गरेका छन् ।

फेसबुकको यो प्लेटफर्मकै लागि समेत विशेष कार्यक्रम तयार गर्न केही ठूला कलाकार तथा सेलिब्रेटीहरुले काम गरिरहेका छन् । जसमा जेडा पिंकेट स्मिथ एक हुन् । उनले टक शो ‘रेड टेबल टक’ उत्पादनमा काम गरिरहेका छन् । त्यस्तै एलिजावेथ ओल्सेन ‘सरी फर योर लस’ मा देखा पर्नेछिन् । यो नाटकको आउँदो महिला प्रिमियर गरिनेछ । त्यस्तै फेस त वाइल्ट नामक रियालिटी शो लिएर बेलायती साहसिक यात्री बेयर ग्रिल्स आउँदैछन् ।

फेसबुकको यो भिडियो सर्भिसका लागि एबीसी, फक्स न्यूज, वाइस तथा बजफिड लगायतले समेत कार्यक्रम तयार गरेका छन् ।

फेसबुकका अनुसार यो सर्भिसले मानिसहरुलाई अन्तरक्रिया गर्नमा सहयोग गर्नेछ ।

फेसबुक कम्पनी अन्तर्गत भिडियो विभागका उपाध्यक्ष फुड्जी सिमोका अनुसार उत्पादित सामाग्रीहरुका विषयमा साथीभाई, अन्य फ्यान तथा स्वयं निर्माताहरुसँग पनि कुराकानी गर्न सकिनेछ ।

सिमो वाच पार्टी फिचरका बारेमा बताउँछिन् । उनका अनुसार यस फिचरको सहयोगले दुईननाले एकसाथ शो हेर्न सक्दछन् । यसका अलावा इन्गेजमेन्ट बढाउनका लागि भिडियो उत्पादकले मत सर्भेक्षण, च्यालेन्ज, क्विज आदि समेत चलाउन सक्दछन् ।

फेसबुकको वाच सर्भिसका लागि भिडियो सामाग्री तयार गर्न चाहनेहरुका लागि केही योग्यता हुनु आवश्यक छ । त्यसका लागि भिडियो ३ मिनेट भन्दा लामो हुनुपर्दछ । दुई महिना भित्रमा उक्त भिडियोलाई कम्तिमा ३० हजार मानिसले एक मिनेट हेरेको हुनुपर्दछ । त्यस्तै १० हजार भन्दा धेरै फलोअर्स हुनुपर्दछ भने कार्यालय एड ब्रेकवाला सुविधा उपलब्ध भएको देशमा हुनुपर्दछ ।

विश्लेषकहरुका अनुसार यी शर्तहरु स्वतन्त्र भिडियो निर्माताहरुका लागि फाइदाजनक हुनेछन् । युट्युब आफैल्े आफ्नो विज्ञापन कार्यक्रम चलाउने लगायतका युट्युबका नितीहरुका कारण पनि भिडियो निर्माताहरुले समस्या झेल्ने गरेका छन् । त्यस्ता मानिसहरुका लागि फेसबुकको वाच सर्भिस राम्रो विकल्प हुनसक्ने बताइएको छ ।

फेसबुकका अनुसार फ्रान्स, जर्मनी, नर्वे, मेक्सिको तथा थाइल्याण्ड लगायतका देशका निर्माताका लागि सेप्टेम्बर महिनादेखि एड ब्रेक सुविधा उपलब्ध हुनेछ ।

बीबीसी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment