Comments Add Comment

यी महिला, जसले आफ्नै स्तनको ४ सय ७० लिटर दुध दान गरिन्

भनिन्छ रक्तदान जीवनदान हो । तर रक्तदान भन्दा महान दानचाहिँ आमाको स्तनको दुध रहेछ ।

नयाँ आमाहरुका लागि आफ्नो बच्चालाई स्तनपान गराउनु साँच्चीकै चुनौतिपूर्ण कुरा हो । कतिपय सुत्केरी महिलाहरुको दुध नै नआउने वा बच्चालाई पुग्ने जति नआउने समस्या हुन्छ । जसका कराण बच्चाले पर्याप्त स्तनपान गर्न नपाउने र पेट भर्नका लागि अनेक खाले खानेकुराको सहारा लिनुपर्ने हुन्छ । तर कहीँ महिला यस्ता हुन्छन् जसले आमा बनेको बेला आफ्नो बच्चालाई मनग्गे पुग्ने मात्र होइन अरुलाई दान दिन समेत पुग्दछ ।

अमेरिकाको क्यालिफोर्नियामा बस्ने ताबिथा फ्रस्ट नामकी ती महिलाले अहिलेसम्म आफ्नो स्तनबाट निकालेको ४ सय ७० लिटर दुध दान गरिसकेकी छिन् ।

तीन बच्चाकी आमा फ्रस्टले बच्चा जन्माएको वर्षदिनसम्म हरेक दिन ३ लिटर भन्दा बढि दुध उत्पादन गर्दछिन् । जुन उनको बच्चालाई चाहिने भन्दा धेरै हो । त्यो धेरै हुने दुध उनले दुध चुस्न नपाएका अरु बच्चाका लागि दान गर्दछिन् ।

फ्रस्टका अनुसार उनले हरेक दिन आफ्नो दुध दुहिन्छिन् । चाहे यात्रामा होस् वा विरामी भएको बेला होस् उनका लागि दुध दुहिने काम फूल टाइम जागिर सरह छ ।

वैज्ञानिकका अनुसार महिलाको स्तनमा यतिधेरै दुध उत्पादन हुनु वास्तवमा एउटा रोग नै हो । यसलाई हाइपरल्याक्टेसन सिन्ड्रोम भनिन्छ । यसका कारण महिलाको स्तनमा औषतमा भन्दा तिन गुणा धेरै दुध उत्पादन हुन्छ ।

कहिलेकाहीँ प्रोल्याक्टिन हर्मोनको स्तर धेरै हुँदा पनि यस्तो हुन्छ । यसलाई हाइपरल्याक्टोमिया पनि भनिन्छ । कतिपय अवस्थामा ब्रेन ट्युमर हुँदापनि यस्तो हुने वैज्ञानिकहरु बताउँछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment