Comments Add Comment

श्रीमती सुन्दर भएको भन्दै श्रीमानले गरे यस्तो हर्कत

श्रीमती धेरै सुन्दर हुँदा पनि कतिपय लोग्नेहरुलाई औडाहा हुँदो रहेछ । भारतमा एकजना युवकले आफ्नी पत्नी धेरै राम्रो भएको भन्दै उनीमाथि निकै घिनलाग्दो हर्कत गरेका छन् ।

आफ्नी सुन्दर पत्नीमाथि सहरका मानिसहरुको गिद्दे नजर पर्ला कि भन्ने डरले सताएपछि ती युवकले पत्तीविरुद्ध डरलाग्दो कर्तूत गरे ।

भारतको मुम्बइको घटना हो यो । आरोपीको नाम राज रायकवार हो । उनीमाथि बलात्कार तथा यौनउत्पीडनको आरोप लागेको छ । अभियुक्त बलिउड फिल्म उद्योगमा काम गर्दछन् । उनी मुम्बईमा बस्दछन् भने उनको परिवार जबलपुरमा बस्ने गरेका छन् ।

राजले १२ वर्षअघि बिहे गरेका थिए र उनका २ बच्चा छन् । राजकी पत्नी निकै सुन्दर छिन् । जसका कारण राजलाई डर थियो कि पत्नीमाथि सहरका पुरुषहरुको गिद्दे नजर पर्नेछ । मनमा जरा गाडेको सोही डरका कारण उनले पत्नीको अनुहारमा आक्रमण गरे । त्यसका लागि उनले लामखुट्टे भगाउने क्वाइल राख्ने फलामको तिखो स्टाण्डले पत्नीको अनुहारमा प्रहार गरेर सख्त घाइते बनाए ।

राज विरुद्ध उनकी पत्नीले प्रताडना तथा दाइजोको मुद्दा दर्ता गराएकी छिन् । त्यसको दुईदिन अघिमात्र नाबालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिसकेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment