Comments Add Comment

रौतहटमा चोरीका १७ मोटरसाइकल र एउटा जीप बरामद

१४ भदौ, रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट चारीका १८ सवारी साधन बरामद गरेको छ ।

चेकजाँचका क्रममा प्रहरीले १७ मोटरसाइकल र एउटा स्कोर्पियो जीप बरामद गरेको हो ।

ती सवारी साधन भारतसँग सिमाना जोडिएको रौतहटको सदरमुकाम गौर लगायतका क्षेत्रमा भारतीय बजारबाट चोरी गरी ल्याइएको प्रहरीको भनाइ छ ।

बरामदसवारी साधन अधिकांश भारतीय नम्बर प्लेटको रहेको प्रहरी उपरीक्षक केदार ढकालले बताए ।

सिमावर्ती क्षेत्रहरुमा भारतबाट चोरी गरिएका मोटरसाइकलहरु सञ्चालनमा रहेको जानकारी प्रहरीलाई प्राप्त भएको आधारमा विभिन्न स्थानमा चेकजाँचको क्रममा सवारी साधनहरु बरामद गरेको उनले बताए ।

बरामद गरिएका सबै सवारी साधनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment