Comments Add Comment

मेरो लागि मर्छु भन्ने प्रेमी कहाँ गए थाहा छैनः परमिता

नायिका परमिता आर एल राणाको प्रेम जीवन संयोगान्त र वियोगान्त कथामा बनेको चलचित्र जस्तै छ । नायक आयुष्मान देशराज जोशीसँग जतिबेला उनको प्रेम थियो, सो समयमा उनी आयुष्मानलाई राजा भन्थिन् । आयुष्मान र परमिताको प्रेम चर्चा चलचित्र बजारका लागि टक अफ द टाउन नै थियो ।

तर, अहिले परमिता र आयुष्मान अलग मात्र भएका छैनन् दुबैले साथी पनि पाइसकेका छन् । यही विचमा, नायिका राणा अभिनित चलचित्र ‘रोज’ भदौ २२ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा परमिता र नायक प्रदिप खड्काको प्रेम देखाइएको छ ।

परमिताका लागि मर्न र मार्न तयार हुने भूमिकामा प्रदिप देखिएका छन् । पत्रकार भेटघाटमा परमितालाई पत्रकारले यही बिषयमा प्रश्न सोधे । के तपाइको जीवनमा पनि कोही मर्न र मार्न तयार हुने प्रेम थिए ? यो प्रश्नमा परमिताले भनिन्-‘थिए । तर अहिले कहाँ गए थाहा छैन ।’
परमिताले यसो भनिरहँदा पत्रकारले फेरि थपे, थिए कि कसैले खोसिदिए ? यो प्रश्नमा परमिता हाँसिन् मात्र, अरु केही पनि बोलिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment