Comments Add Comment

हार टार्न संघर्षरत नेपालले आठौं विकेट गुमायो

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपाल हार टार्न संघर्षरत छ ।

तर, लगातार विकेट गुमाएका कारण खेलमा फर्कन सकेको छैन । नेपालले आठौं विकेटका रुपमा ३९.५ ओभरमा दिपेन्द्रसिंह एेरीलार्इ गुमाएको छ । उनी व्यक्तिगत ४० रनमा आउट भएका हुन् ।

४० ओभरको खेल चलिरहँदा नेपालले ८ विकेटको क्षतिमा १४३ रन बनाएको छ ।

बिहीबार नेपालका सुवास खकुरेलले अर्धशतक बनाए पनि अरु ब्याट्सम्यान चल्न सकेका छैनन् ।

पहिलो खेलमा ८३ रनको अविजित पारी खेलेका सागर पुनसँगै कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल सस्तैमा आउट भएका छन् । पारसले १६, उपकप्तान ज्ञानेन्द्रले ४ र सागरले ३ रन बनाए ।

आरिफ शेख ३ रनमा आउट हुँदा करण केसीले खाता नै खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।

क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्ृकष्ट सुरुवात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, अद्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।

सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए ।

बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment