Comments Add Comment

दार्चुलाबाट सुरु भयो ईश्वरको मेची-महाकाली साइकल यात्रा, पर्यटकीयस्थल चिनाउने

१४ भदौ, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका-६ शेरीका ईश्वरसिंह महताले बिहीबारदेखि ‘नेपाल साइकल टूर’ सुरु गरेका छन् । नेपालका ७७ वटै जिल्लाको भ्रमण गर्ने गरी महाकाली नगरपालिका-४ बाट ईश्वरसिंहले नेपाल साइकल यात्रा सुरु गरेका हुन् ।

सम्भावना हुँदा पनि प्रदेश ७ का पर्यटकीय स्थलहरु ओझेलमा परेको भन्दै उनले प्रदेशका सबै जिल्लामा रहेका पर्यटकीय स्थलहरुलाई देशभर चिनाउन आफूले नेपाल साइकल यात्रा सुरु गरेको बताए ।

त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुलाको सदरमुकाम खलंगाबाट मेची-महाकाली अर्थात् नेपाल साइकल यात्रा सुभारम्भ गरेका उनले साइकल यात्राको साथमा प्रदेश ७ का पर्यटकीय स्थलहरुको फोटो बोकेका छन् । साइकलमा नेपाल यात्रा गर्ने ईश्वरसिँह जिल्लाको पहिलो व्यक्ति समेत हुनेछन् ।

५ कक्षा पढेर विदेश, फर्किएर नेपाल साइकल यात्रा

झण्डै आधा जिन्दगी विदेशमै बिताएका ईश्वरसिंहले जन्मभूमि र देशको लागि केही गर्नपर्छ भन्ने भावना जागृत भएर साइकल यात्रा सुरुआत गरेको बताउँछन् ।

भारतदेखि, साउदी अरेबिया, कतार जस्ता खाडी मुलकहरुमा वर्षौ बिताएर स्वदेश फर्किएर साइकल यात्रा सुरु गरेका हुन् । करिब १३/१४ वर्षको उमेरमा भारतमा कामको सिलसिलामा विदेशिएका ईश्वरसिँह महताले भारतमै करिब ९ वर्ष बिताएका थिए ।

कक्षा ५ पास गरेर उनी भारततिर कामको खोजीमा हिँडेका थिए । गाउँकै सामुदायिक विद्यालयमा कक्षा ५ उत्तीर्ण गरेका उनी आर्थिक अवस्थाका कारण त्योभन्दा माथिल्लो कक्षा पढ्न सकेनन् ।  ‘कक्षा ५ सम्म पढे, कक्षा ६ मा पढ्न आर्थिक स्थिति कमजोर थियो अनि पढाइलाई त्यही बिट मारे,’ उनले भने ।

कक्षा ५ सम्म पनि सुन्तला बेचेर पढेको उनले सुनाए । ‘उतीबेला कक्षामा पढ्न पनि किताबहरु पनि किन्नुपथ्र्यो, अहिले पो कक्षा १० सम्म निःशुल्क किताब पाइन्छ,’ उनले अघि थपे, ‘किताव किन्न सक्ने मेरो पारिवारिक स्थिति थिएन ।’

नेपाल प्राकृतिक र धार्मिक दृष्टिकोणले धनी देश भएपनि लाखौ युवाहरु विदेशमा पसिना बगाइरहेको भन्दै उनले प्रदेश ७ का धार्मिक तथा पर्यटकीय क्षेत्रहरुबाट आˆनो यात्रा सुरु भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment