Comments Add Comment

देवल परिवारको बकवासः’यमला पगला दिवाना फिर से’

बयोवृद्ध बलिउड अभिनेता धमेन्द्र आफ्ना दुई छोराहरु सन्नी देवल र बबी देवलका साथ नयाँ फिल्म लिएर आएका छन् । तर, दुखको कुरो यो फिल्मले देवल परिवारका फ्यानहरुलाई निराश बनाउनेछ ।

सन् २०११ म ाबनेको फिल्म ‘यमला पगला दिवाना’ लाई दर्शकहरुले मन पराएका थिए । यसले कमेडीको नयाँ स्वाद पस्केको थियो । तर, २०१३ मा रिलिज भएको दोस्रो भाग खासै गतिलो थिएन । यसले बक्स अफिसमा कुनै चमत्कार गर्न सकेन । पाँच वर्षपछि तेस्रो सिक्वेलका रुपमा ‘यामला पगला दिवाना फिर से’ आएको छ । यसलाई तीन फिल्महरुमध्ये सबैभन्दा झूर मान्न सकिन्छ ।

फिल्मको कथा पञ्जाबबाट सुरु हुन्छ जहाँ वैद्य पुरन सिंह (सन्नी देओल) आफ्नो भाई काला (बबी देवल) तथा दुई बच्चाहरुसहित बस्छन् । पुरन सिंहका एक भाडावाल पनि छन् जसको नाम हो जयवन्त परमार (धर्मेन्द्र) । उनी एक वकिल हुन् ।

पूरन सिंहसँग वज्र कवच नामक आयुर्वेदिक दवाई बनाउने फर्मुला हुनछ । एउटा ठूलो माफिया उक्त फर्मुला हात पार्न पछि लाग्छ । त्यसपछि कथामा चीकू -कृति खरबन्दा) को इन्ट्री हुन्छ जो एक डेन्टिस्ट हुन् । सिलसिलावद्ध घटनामा उनको भेट पुरन सिंह र कालासँग हुन्छ । कथामा टि्वस्ट त्यतिबेला आउँछ जब विजनेस माफिया आफ्नो तर्फबाट पुरन सिंहमाथि आफ्नो औषधिको फर्मुला चोरी गरेको भन्दै मुद्दा दायर गर्छ । त्यसपछि कथा पञ्जाबबाट गुजरातसम्म पुग्छ ।

फिल्मको सबैभन्दा ठूलो कमजोरी भनेकी यसको कथा हो । कथामा न कुनै रोमाञ्चकता छ न तर्कपूर्ण आरोह अवरोह । यो आफैंमा एउटा ‘आउटडेटेड’ विषय हो । दर्शकलाई कतै पनि फिल्मले बाँधेर राख्न सकेको छैन ।

धमेन्द्र, सन्नी देवल र बबी देवलले अभिनयमा गरेको मिहिनेत बालुवामा पानी हालेको जस्तो भएको छ । फिल्मको निर्देशन पक्ष पनि कमजोर छ । फिल्म अत्यन्त सुस्त गतिमा अगाडि बढ्छ जसले गर्दा दर्शकहरु बारम्बार हाई काढ्न वाध्य हुन्छन् । कमेडी फिल्म भए पनि यसमा दर्शकलाई हँसाउने सिक्वेन्सहरु एकदमै कम छन् । फिल्मको अन्त्यतिर एउटा गीत समावेश गरिएको छ जसमा सलमान खान, सोनाक्षी सिन्हा र रेखाले एकसाथ डान्स गर्छन् । जबरजस्ति घुसाइएको यो गीतले फिल्मको व्यवसायमा कुनै प्रभाव पार्ने भने देखिदैन ।

करिब ४० करोडको लागतमा यो फिल्म निर्माण भएको हो । यसलाई लगभग २ हजार स्त्रिmनहरुमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment