Comments Add Comment

संसारकै लामो शीर्षकमा पुस्तक लेखेर कीर्तिमान

१५ भदौ, काठमाडौं । नेपाली युवाले संसारकै लामो शीर्षकमा पुस्तक लेखेर विश्व कीर्तिमान कायम गरेका छन् ।

काठमाडौंको गोकर्णेश्वर, जोरपाटीका २० वर्षीय सिर्जन तिम्सिनाले ११ हजार २ सय ८४ अक्षर र १ हजार ८ सय ९ शब्दको शीर्षकमा पुस्तक लेखेर ‘गिनिज बुक्स अफ द वर्ल्ड रेकर्ड‘ मा कीर्तिमानी कायम गरेका हुन् ।

उनले आफ्नो पुस्तकको उपशीर्षक ‘द ब्रेन’ राखेका छन् ।

बिहीबार उनले अध्ययन गरेको विद्यालय सेन्ट जेभियर्स कलेजमा आयोजित एक औपचारिक समारोहकाबीच गिनिज बुकको प्रमाणपत्र उनलार्इ हस्तान्तरण गरिएको छ ।

तिम्सिना हाल किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययरत् छन् । यसअघि प्यारागन पब्लिक स्कुलमा अध्ययन गर्दै गरेको वेला उनले लेखेको उक्त पुस्तक मष्तिस्कको विकासबारेमा केन्द्रीत छ ।

उनको पुस्तक ७ फागुन २०७० मा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. रामकान्त मकाजु श्रेष्ठले बिमोचन गरेका थिए । पुस्तकले विश्व रेकर्ड कायम गरेको आधिकारिक घोषणा भने बिहीबार मात्रै भएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को ७ औं सभामा उनले ‘मानव विज्ञानः एक निरीक्षण’ शीर्षकमा शोधपत्र प्रस्तुत गरेका थिए । जहाँ उनी सबैभन्दा कम उमेर १८ वर्षका शोधकर्ता बने ।

त्यसयता उनले विभिन्न देशमा सोधपत्र प्रस्तुत गरिसकेका छन् । चेक रिपब्लिक, सिंगापुर, अमेरिका, क्यान्डा र स्वीजरल्याण्डमा उनले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment