+
+

पुरुषको तुलनामा किन महिलामा मदिराको मात बढी लाग्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १५ गते १४:४२

सबैले देखेको, सुनेको, भोगेको अनौठो प्रवृत्ति छ, मदिरा सम्बन्धी । लाग्छ, यो पेय पुरुषको पेवा हो । किनभने मदिरा पिउने भनेपछि त्यसमा पुरुषको बढी गणना हुन्छ ।

तपाईंको घरमा हेर्नुहोस्, महिलाको तुलनामा पुरुषहरु मदिरा पिउन माहिर होलान् । धेरैजसो महिलाले मदिरा पिउँदैनन् । मोटामोटी आंकडा के गरिएको छ भने, महिलाहरुको तुलनामा पुरुषले दुईगुणा मदिरा पिउँछन् ।

तर जमाना बद्लियो

तर, यी कुराहरु अब पुरानो हुँदैछन् किनभने सन् १९९१ देखि २००० को बीचमा जन्मिएका महिलाहरुले त्यति नै मदिरा पिइरहेका छन् जति उनीहरुको पुरुष साथीले पिउँछन् ।

यति मात्रै होइन पिउने रफ्तारमा यो पिँढीले पुरुषहरुलाई पनि पछाडि छाडिरहेका छन् । जसको नराम्रा असर पनि महिलाहरुमा पर्न थालेको छ ।
अमेरिकी सरकारी तथ्यांकका अनुसार सन् २००० देखि २०१५ बीचमा ४५ देखि ६४ वर्षका उमेरका महिलाहरुमा सिसोसिसबाट मृत्यु हुनेको संख्या ५७ प्रतिशत वृद्धि भएको देख्न सकिन्छ ।

जबकी यो वर्गमा २१ प्रतिशत मात्रै पुरुष सिसोसिसको चपेटामा आएर मरेका छन् । त्यस्तै २५ देखि ४४ वर्षको उमेरका महिलाहरुको सिरोसिसबाट मृत्युको मामिलामा १८ प्रतिशतको वृद्धि देखिएको छ ।

ओभरडोजले अस्पतालको इमर्जेन्सीमा को ?

तर, यो वर्गका पुरुषहरुमा सिरोसिसबाट मृत्युको संख्यामा १० प्रतिशतको कमी देखिएको छ । यतिमात्रै होइन मदिराको ओभरडोजको कारणले अस्पतालको इमर्जेन्सीमा पुग्ने महिलाहरुको संख्या पनि बढीरहेको छ ।

तर, समस्या यति मात्रै होइन कि महिलाहरु धेरै मदिरा पिइरहेका छन् । खासमा महिलाहरुमा पुरुषको तुलनामा फरक रुपमा मदिराको असर देखा परिरहेको छ ।

वैज्ञानिकहरुका अनुसार महिलाहरुको शरीरबाट एकदम थोरै मात्रामा अल्कोहल डिहाइड्रोगेनेज इन्जाइम निस्कन्छ । यो कलेजोबाट निस्कन्छ र शरीरमा भएको अल्कोहललाई निष्कृय बनाउने काम गर्छ ।

किन यस्तो भएको होला ?

शरीरको बोसोले अल्कोहललाई बचाँइराख्न सहयोग गर्छ तर शरीरमा हुने पानीले भने त्यसको असर कम गर्छ । यस्तोमा प्राकृतिक रुपमा शरीरमा धेरै बोसो र कम पानीको कारण महिलाहरुमा अल्कोहलको नाटकिय देखा पर्छ ।

हावार्ड मेडिकल स्कूलका मनोविज्ञानका प्रोफेसर र म्याकलिन हस्पिटल म्यासाचुएट्सका एडिक्सन साइकोलोजिस्ट डन सुगरम्यानका अनुसार महिलाहरुमा मदिराको असरको आशंका त धेरै हुन्छ नै साथै मदिरा पिउने महिलाहरुमा पुरुषको तुलनामा धेरै स्वास्थ्य समस्या देखिन सक्छ ।

मदिरामा लिप्त महिला यसकारण जोखिममा

जो महिलाहरु धेरै मदिरा पिउँछन् उनीहरुमा पुरुषको तुलनामा मदिराको लत र मेडिकल समस्याहरु धेरै उत्पन्न हुन्छ । यसलाई टेलिस्कोपिङ भनिन्छ । अर्थात महिलाहरु पुरुषको तुलनामा धेरै पछि मदिरा पिउन सुरु गर्छन् तर छिटै त्यसको लतको चपेटामा आउँछन् ।

यतिमात्रै होइन महिलाहरुमा कलेजो र मुटुसम्बन्धी रोगको चपेटामा आउने जोखिम पनि धेरै हुन्छ ।

मदिराले पुरुषको तुलनामा महिलाहरुमा गर्ने यस्तो कुनै असरको बारेमा एक दशक पहिलेसम्म कुनै जानकारी उपलब्ध थिएन । किनभने पहिले यस्तो अध्ययन केवल मदिरा पिउने पुरुषहरुमा हुन्थ्यो ।

सन् १९९० पछि परिस्थिती बदलियो जब अमेरिकाको नेशनल इन्स्टिच्युटअफ हेल्थले क्लिनिकल रिसर्चमा महिलाहरुलाई समावेश गर्न सुरु गर्यो ।
यी अध्ययनहरुबाट प्राप्त तथ्य अनुसार मदिराको नशाको लत लागिसकेका महिलाहरुको उपचार त्यतिबेला मात्रै राम्रो वा प्रभावकारी हुन पाउँछ जतिखेर उनीहरुको उपचार केवल महिलाको समूहमा हुन्छ ।

बिबिसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?