Comments Add Comment

एसिया कपः मलेसियालाई पराजित गर्नै पर्ने दबाव, हेड टु हेडमा नेपाल अगाडि

१५ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार आयोजक राष्ट्र मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो दुई खेल हारेको नेपाल मलेसियासँगको खेलमा दबावमा हुनेछ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । एसिया कप छनोटको शीर्ष २ भित्र पर्नका लागि मलेसियालाई नेपालले हराउनैपर्ने हुन्छ ।

अहिले नेपाल छनोट प्रतियोगिताको पाचौं स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युएईसँग पनि ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको यात्रा निकै कठिन बनेको हो ।

नेपालले मलेसियापछि सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ । नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

हेड टु हेड

एसीसी ट्रफि इलाइट (सेमिफाइनल), २०१०

नेपाल २७१/९, ५० ओभर
मलेसिया २६३/१०, ४९.४ ओभर
नेपाल ८ रनले विजयी

आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोर, सन् २०१२

मलेसिया ६९/१०, ३२.१ ओभर
नेपाल ७१/०, १२.२ ओभर
नेपाल १० विकेटले विजयी

एसीसी ट्रफि इलाइट (सेमिफाइनल), सन् २०१२

नेपाल २४१/९, ४५ ओभर
मलेसिया २२०/९, ४५ ओभर
नेपाल २१ रनले विजयी

एसीसी प्रिमियर लिग, सन् २०१४

मलेसिया १४९/१०, ४३ ओभर
नेपाल १५०/५, ३७.३ ओभर
नेपाल ५ विकेटले विजयी

आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री, २०१४

मलेसिया १४२/१०, ४३.३ ओभर
नेपाल ८९/२, २५ ओभर
डकवर्थ लेविस मेथोडको आधारमा नेपाल ३६ रनले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment