Comments Add Comment

पशुपतिनाथ पुगेर मोदीले भने -लुम्बिनीले गौतम दियो, भारतले बुद्ध

१५ भदौ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं हिन्दू र बौद्ध धर्मको संगमस्थल भएको बताएका छन् ।

पशुपतिनाथ परिसरमा भारतीय सहयोगमा निर्मित धर्मशाला उद्घाटन तथा हस्तान्तरण गर्दै मोदीले भारतीय नागरिकको तर्फबाट सानो भेटी चढाउन पाउँदा खुसी लागेको बताए । चार वर्षअघि साउने सोमबार पशुपतिनाथको दर्शन गर्ने अवसर पाएको स्मरण गर्दै उनले अहिले फेरि आउँदा भक्ति भावले गदगद भएको बताए ।

काठमाडौं हिन्दु र बौद्ध आस्थाको संगमस्थल भएको र यो धर्म मान्नेहरुबीच कस्तो मेलमिलाप छ भन्ने यहाँका गल्लीमा हिँड्ने जो कोहीलाई अनुभूति हुने बताए ।

यो परम्परा नेपाल र भारत सम्बन्धको एक महत्वपूर्ण कडी भएको भन्दै उनले भने, ‘लुम्बिनीले गौतम दियो, भारतले बोधगयाले बुद्ध दियो । गौतम बुद्धले देखाएको बाटो अतिवाद र आतंकवाद जस्तो समस्या हल गर्ने प्रेरणा स्रोत बनेको छ ।’

भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक स्थिरतापछि नेपाल विकास पथमा अघि बढेको भन्दै यसमा एक विश्वास मित्रका रुपमा भारतले सहयोग गर्ने बताए ।

बिमस्टेक चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको भन्दै उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई बधाइ दिए । उनले अघि भने, ‘मलाई विश्वास छ, ओलीजीको नेतृत्वमा काठमाडौंको धर्तीबाट लिइएको संकल्पले यो पूरा क्षेत्रमा सुख र शान्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment